जहाजमा त्यस्तो खराब ‘स्याण्डविच’ जसको मूल्य ५ पाउन्ड « Khabarhub

जहाजमा त्यस्तो खराब ‘स्याण्डविच’ जसको मूल्य ५ पाउन्ड


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विमानमा यात्राका क्रममा राम्रो खाना पाउने यात्रुले केवल कल्पना मात्र गर्छन् । किनभने अधिकांश विमान कम्पनीले राम्रो खाना नदिएको धेरै यात्रुको गुनासो हुने गर्दछ । तथापि विदेशमा सामान्य उडानका क्रममा पनि स्याण्डविच दिने परम्परा छ । तर रयानएयर फ्लाइटमा उडान गरिरहेकी एक महिलाले भने खानाका विषयमा नराम्रो अनुभव भोग्नु पर्‍यो ।

रयानएयर फ्लाइटमा यात्रारत ती महिलाका साथ खानाका विषयमा भद्दा मजाक भयो । उनले उडानको क्रममा विश्वको सबैभन्दा दुखी स्याण्डविच पाइन् । त्यसमाथि यसकालागि उनले ५ पाउन्ड (करिब ८ सय रुपैयाँ) पनि तिर्नुपर्‍यो । उनले सो स्याण्डविचको तस्बिर शेयर गर्दै आफ्नो दुख सार्वजनिक गरेकी छन् ।

उक्त बेकन स्याण्डविचलाई विश्वको सबैभन्दा दुखी स्याण्डविचको उपमा दिइएको छ । बेकन स्याण्डविचका नाममा विमानमा यात्रारत एमी वुड्सलाई दुई सुख्खा ब्रेडमा अलग–अलग आकारमा काटिएको बेकनको टुक्रा राखेर पस्किइएको थियो । न त त्यसमा सलाद थियो न त बटर वा चीज । कतिसम्म भने स्याण्डविचमा कैचअपसम्म दिइएन । यति खराब स्याण्डविचलाई पनि ५ पाउन्ड लिइएको थियो ।

एमीले त्यति महँगोमा खराब स्याण्डविच पाए पनि फिर्ता गरिनन् । किनभने उनी निकै भोकाएकी थिइन् । उनले पैसा फिर्ता गर्न आग्रह भने गरेकी थिइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : १९ बजे

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार