घ्यूकुमारी एक, लाभ अनेक « Khabarhub

घ्यूकुमारी एक, लाभ अनेक


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः अहिले हरेक घरमा पाइने घ्यूकुमारी एक गुणकारी वनस्पति हो । यसलाई सजिलैसँग आँगन वा गमलामा रोप्न सकिन्छ । घ्यूकुमारी आफैमा अत्यन्त लाभदायी आयुर्वेदिक औषधी हो । यसले छालाको सुरक्षादेखि घाउ भर्न, अनुहारमा निखरता ल्याउनका साथै कपालको सुरक्षासमेत गर्दछ । घ्यू कुमारीमा भिटामिन ए र सी पाइन्छ ।

यी हुन् घ्यूकुमारी खानुको फाइदा :

– बिहान बेलुका नियमित दुई चम्चा घ्यू कुमारी सेवन गरेमा यसले कमलपित्त, जन्डिस लगायतको रोग नियन्त्रण गर्नुका साथै कालान्तरमा निको पार्दछ ।

– शरीरको कुनै भाग काटेमा वा आगोले पोलेमा घ्यूकुमारीको रस निकालेर त्यसमा लगाउँदा आराम मिल्नुका साथै घाउ चाँडै निको हुन्छ ।

– घ्यूकुमारी पानीमा मिसाएर खादा कब्जियत र दिसा नलाग्ने समस्या हराउँछ ।

– घ्यूकुमारीको जुसले छालाको लचिलोपन बढाएर स्वस्थ र तन्दुरुस्त बनाउँछ ।

– घ्यूकुमारीको गुदी मनतातो पारेर २ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिने कानमा हाल्दा र दुवै दुखेमा दुबैमा हाल्नाले ठिक हुन्छ ।

– घ्यूकुमारी खाँदा अपच र ग्याँस फर्मेसनका कारण पेट र छाती दुख्ने समस्या निको हुन्छ ।

– यसको सेवनले चिनीको मात्रा सन्तुलित गर्छ जसले मधुमेहमा लाभ पुर्‍याउँछ ।

– घ्यूकुमारीको गुदीमा बेसार फिटेर मनतातो पारी राती सुत्ने बेलामा आँखामा बाँध्नाले आँखामा हुने सम्पूर्ण रोग निको हुन्छ ।

– शरीरमा आएको दादमा घ्यूकुमारीमा लसुन पिसेर लेप लगाउँदा निको हुन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ३३ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा