गायन प्रतिभा खोज्न ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ « Khabarhub

गायन प्रतिभा खोज्न ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्वाइस स्टार नेपालले गायन प्रतिभा पहिचान गर्न ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ नामक रियालिटी शो निर्माण गर्ने भएको छ ।

इमेज टिभी एचडीबाट प्रसारण हुने शोका लागि इमेज टिभी एचडी र भ्वाइस स्टार नेपालबीच सम्झौता भएको छ । इमेज एचडीका तर्फबाट कार्यकारी अधिकृत महेन्द्र विष्ट र नायब महाप्रबन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवी श्रेष्ठ र सुरज जोशीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

निर्देशक रवीले रियालिटी शोमा संगीतिक क्षेत्रमा संघर्षरत गायकगायिका तथा दुरदराजमा रहेका प्रतिभालाई स्थान दिइने बताए । उनका अनुसार शोका लागि पहिलो चरणमा डिजिटल अडिसनबाट प्रतिष्पर्धीहरुको छनोट गरिनेछ । डिजिटल अडिसन पुषको पहिलो साताबाट खुल्ला हुनेछ । डिजिटल अडिसनबाट छानिएका प्रतिभालाई फिजिकल अडिसनमा सामेल गराइनेछ ।

२५ श्रृंखलासम्म चल्ने प्रतिष्पर्धामा विजयी हुने प्रतियोगीले २५ लाख नगद पाउनेछन् । विजेतको घोषणा दर्शकले दिएको भोटका आधारमा नै हुनेछ । भोटका लागि सजिलो पे भोटिङ पार्टनर बनेको छ ।

शोको निर्णायकहरु पक्का भइसकेका छन् । तर, प्रचारको लागि ‘गेस द जजेज’ क्याम्पिन हुनेछ । उक्त क्याम्पेनमा विजयी हुनेले उचित पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १ : ३० बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका