नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने « Khabarhub

नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने भएका छन् । अबदेखि वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीबाट सोझै विदेशी मुद्राको सटही गर्न पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन–२०७६ संशोधन गर्दै नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिकरूपमा विनियोजित रकम स्थानान्तरण गर्न सटही सुविधा पाउने व्यवस्था गरेको छ।

यस्तो सटही सुविधा शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ उपकरणरप्रणालीमार्फत स्थानान्तरण गर्नु पर्दा त्यो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गरिने छ।

नेपाल सेनाबाट अनुरोध भइआएमा बैंक खाता सञ्चालन नहुने/नभएको शान्ति मिसनमा तैनाथ रहेका मुलुकहरुका लागि यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : १५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन

आज २०८२ साल माघ २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै