नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने « Khabarhub

नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने भएका छन् । अबदेखि वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीबाट सोझै विदेशी मुद्राको सटही गर्न पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन–२०७६ संशोधन गर्दै नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिकरूपमा विनियोजित रकम स्थानान्तरण गर्न सटही सुविधा पाउने व्यवस्था गरेको छ।

यस्तो सटही सुविधा शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ उपकरणरप्रणालीमार्फत स्थानान्तरण गर्नु पर्दा त्यो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गरिने छ।

नेपाल सेनाबाट अनुरोध भइआएमा बैंक खाता सञ्चालन नहुने/नभएको शान्ति मिसनमा तैनाथ रहेका मुलुकहरुका लागि यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : १५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका