क्षमताभन्दा ठुलो आदर्श : प्रेरक प्रसङ्ग « Khabarhub

क्षमताभन्दा ठुलो आदर्श : प्रेरक प्रसङ्ग


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पण्डित मदनमोहन मालवीयजीले जब कलेजको शिक्षा पूरा गरे तब उनको आर्थिक स्थिति धेरै खराब थियो । उनले तुरुन्त अध्यापकको नोकरी गर्नुपर्‍यो । तर उनी केही तलब पाउँथे ।

पछि आफ्नो प्रतिभा, योग्यता र विद्वताले उनले धेरै प्रसिद्धि पाए । काला काङकरका राजा श्री रामपालसिंहले पनि उनको विषयमा धेरै कुरा सुनेका थिए । त्यो बेलमा उनले हिन्दुस्तान नामक समाचारपत्रको प्रकाशन शुरु थिए । त्यो बेलामा उनले हिन्दुस्तान नामक समाचारपत्रको प्रकाशन शुरु गरेका थिए, जसको लागि उनलाई एउटा सुयोग्य सम्पादक चाहिएको थियो ।

उनले मालवीयजीलाई बोलाए र सोधे, के उनी समाचारपत्रको सम्पादक बन्न मन पराउँछन् । साथै उनले मालवीयजीको अगाडि २५० रुपैयाँ मासिक तलब दिने प्रस्ताव राखे र उनीसँग प्रार्थना गरे कि उनले उनको प्रस्ताव अस्वीकार नगरुन् ।

अध्यापनको कार्यमा मालवीयजीले थोरै तलब पाउँथे । यसैले उनको प्रस्ताव स्वीकार गरे । तर एउटा समस्या थियो कि राजा साहब रक्सी खाने बानी परेका थिए र मालवीयजीलाई रक्सीसँग घृणा थियो । उनले भने, म सम्पादन कार्य अवश्य गर्नेछु । तर मेरो एउटा सर्त छ ?
म तपाईंको हरेक सर्त मान्न तयार छु । राजा साहेबले भने ।

यो सुनेर मालवीयजीले भने, जब तपाईं नशामा हुनुहुन्छ तब कृपया म भएको ठाउँमा नआउनुस् ।

राजा साहेबले मुस्कुरार हुन्छ भने ।

यसपछि मालवीयजीले सम्पादनको कार्य लगनले गर्न थाले । तर एक दिन राजा साहेबले नशामा आफ्नो सर्त भुले र मालवीयजीको कार्यालयमा पुगे ।

मालवीयजीले तुरुन्त आफ्नो राजीनामा दिए ।

जब राजा साहेबको नशा उत्रियो तब उनलाई धेरै ग्लानी भयो । उनले मालवीयजीसँग क्षमा याचना गरे, तर मालवीयजीले भने, म क्षमाभन्दा धेरै आफ्नो आदर्शलाई मान्दछु । म अब तपाईंकोमा काम गर्न सक्दिनँ ।

राजा साहेबले त्यो दिनदेखि रक्सी खान छाडे र मालवीयलाई वकालत पढ्नको लागि २५० मासिक छात्रवृत्ति दिइरहे ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ८ : २७ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको