‘जटामसी’को औषधीय महत्त्व « Khabarhub

‘जटामसी’को औषधीय महत्त्व


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तलैदेखि पात पलाउने, राता तथा खैरा प्रशस्त रेसाहरूले काण्ड छोपिएको यो एक महत्त्वपूर्ण वनस्पति हो ।

यसको फूलको रङ गुलाबी सेतो हुन्छ र फूलहरू एउटै झुप्पोमा फुल्दछन् । यसको उपयोगी अङ्ग भनेको काण्ड हो । जटामसीको जरालाई नटुटाइकन काण्डहरु निकाली पानीमा राम्रोसँग सफा गर्ने । त्यसपछि छायाँमा राम्रोसँग सुकाउने ।

अनि आवश्यक मात्रालाई धुलो पारी कुट्ने । यसरी कुटेर तयार पारिएको ३-४ ग्राम जटामसीको धुलोमा थोरै वीरेनून, भुटेको जिरा, ज्वानो मिलाई पिसेर मनतातो पानीसँग सुत्नुभन्दा आधा घण्टा पहिले दिनहुँ दुई तीन पटक सेवन गर्नाले अनिद्रा हट्छ । खानामा रुचि बढ्छ ।

जटामसीको जरालाई हल्का थिचेर पानीमा १२ घण्टा भिजाएर मिचमाच गरी छानेर खानाले सर्दी नाश गर्छ । पिसाबको मात्रालाई बढाउँछ । ३-४ ग्राम जटामसी चूर्ण (धुलो) मा एक दुई चम्चा मह मिलाएर एक गिलास दूधसँग सेवन गर्नाले मस्तिष्क तथा नाडी तन्तुहरूलाई तागत दिन्छ । मनको चञ्चलता हट्छ । यो औषधि रक्तचापका रोगीहरूका लागि पनि उत्तिकै उपयोगी छ ।

उन्माद (बौलाहापन), छारे रोगका रोगीहरूका लागि पनि यसको प्रयोगले राम्रो फाइदा गर्छ । जटामसी चूर्णमा थोरै मह वा चिनी र कागतीको मिश्रण गरी लेप बनाउने । उक्त लेपलाई कपाल, अनुहारमा लगाई मनतातो पानीले सफा गर्नाले कपाल र मुहारलाई सुन्दर र आकर्षक बनाउँछ ।

साभार  : हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ७ : ४९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको