प्रजातान्त्रिक सम्मेलनका लागि ११० देशलाई अमेरिकाको निमन्त्रणा | Khabarhub Khabarhub

प्रजातान्त्रिक सम्मेलनका लागि ११० देशलाई अमेरिकाको निमन्त्रणा


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका छन् ।

आगामी डिसेम्बर ९ र १० तारिखमा भर्चुअल माध्यमबाट हुने सम्मेलनमा एक सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने अपेक्षा गरिएको छ ।

लोकतन्त्रलाई केन्द्रमा राखेर आयोजना गरिएको सम्मेलनमा सहभागीताका लागि अमेरिकी राष्ट्रपति बाइडेनले संसारभरिका प्रजातान्त्रिक मुलुकका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेका हुन्।

सम्मेलनमा दक्षिण एसियाली क्षेत्रबाट नेपाल, भारत, पाकिस्तान र माल्दिभ्सलाई मात्र निमन्त्रणा गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । बंगलादेश, भुटान, श्रीलंका र अफगानिस्तानको नाम भने अमेरिकाले निमन्त्रणा गरेका देशहरुको सूचीमा छैन ।

बाइडेनले प्रजातान्त्रिक मुलुकहरूबीच सम्बन्धलाई मजबुद् बनाउन सम्मेलनको आयोजना गरेको बताउने गरेका छन्।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ६ : ५९ बजे

स्वास्थ्य कार्यक्रमका लागि सिटीईभीटीले खुलायो आवेदन 

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई

मनाङमा ३७ हजार विदेशी पर्यटक भित्रिए

मनाङ– हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए 

चितवन– भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन

लुम्बिनी प्रदेश : गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

लुम्बिनी– लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६