क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा « Khabarhub

क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तेह्र लाख क्यानेडेली बालबालिकाहरू गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थालेले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो । प्रतिवेदनका अनुसार ती बच्चाहरूले आधारभूत आवश्यकताको परिपूर्ति समेत गर्न नपाएको जनाइएको छ । व्यवस्थित खानपान, सुकिला लुगाफाटो, पारिवारिक सन्तुलन, बाबुआमाको आम्दानी लगायतका  शीर्षकका आधारमा उक्त अध्ययन-अनुसन्धान गरिएको थिए जसमा प्रायः सबै शीर्षकमा ती बालबालिकाको अवस्था दयनीय रहेको पाइएको छ ।

सन् २०१९ बाट उपलब्ध नवीनतम तथ्याङ्कहरू प्रयोग गरी  गरिएको अध्ययन प्रतिवेदनले आम्दानी, स्वास्थ्य र सामाजिक असमानता र बालबालिका र पारिवारिक गरिबीको गहिरो स्तरको स्पष्ट चित्र चित्रण गरेको छ ।

क्यानाडामा सबैभन्दा उच्च बाल गरिबी दर नुनाभट क्षेत्रमा छ  जहाँ  ३४ प्रतिशतमा छ । त्यसैगरी मनिटोबा प्रान्तमा २८.४ प्रतिशत  रहेको छ ।

उक्त प्रतिवेदनले क्यानाडा सरकारलाई बालबालिकाको सुरक्षाका लागि थप साहसिक र निर्णायक कदम चाल्न आग्रह गरेको छ ।  यो प्रतिवेदन भर्खरै उपलब्ध कर डाटामा आधारित छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ४ : ०१ बजे

प्रतिनिधिसभा निर्वाचन : सुनसरी–१ मा २६ जना मैदानमा

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा

रामेछाप बस दुर्घटनापछि कांग्रेस र रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं–  रामेछाप बस दुर्घटनापछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले

घोषणापत्रमा खानेपानी र सरसफाइलाई प्राथमिकता दिन माग

काठमाडौं– खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल (फेडवासँन)ले राजनीतिक दलका

रामेछाप बस दुर्घटना अपडेट : १० जना मृतकको पहिचान खुल्यो

रामेछाप- रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२

इस्लामिक क्रान्तिका नेता खामेनीद्वारा एकताको आह्वान

एजेन्सी– इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको