जेठ १७ गतेदेखि तातोपानी नाका सञ्चालनमा आउने « Khabarhub

जेठ १७ गतेदेखि तातोपानी नाका सञ्चालनमा आउने


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विनाशकारी भूकम्पका कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी खुसी भएका छन् ।

देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त नाका यही जेठ १७ गतेदेखि सञ्चालनमा आउँदैछ । नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीयले नयाँ जीवन प्राप्त गरेको बताए ।

भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्र यतिखेर क्रमशः गुलजार बन्दै गएका छन् । भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन् ।

यसैबीच गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटालगायतले शनिवार तातोपानी नाका र कोदारी राजमार्गको स्थलगत निरीक्षण गरेका छन् ।

यस्तै नेपाल इन्टरमोडेल यातायात विकास समितिले निर्माण गरेको सुक्खा बन्दरगाहको समेत उनीहरुले निरीक्षण गरे । निरीक्षणपछि गृहमन्त्री थापाले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने यो नाका सञ्चालनमा आउन लागेको र ‘एक चीन नीति’ विरुद्ध हुने सबै प्रकारका गतिविधि पूर्णरुपमा बन्देज गर्दै नाकालाई थप व्यवस्थित बनाउने बताए ।

त्यस्तै नेकपाका सांसद सापकोटाले ठूलो मेहनत र प्रयासबाट नाका सञ्चालनमा आउन लागेकाले कुनै पनि प्रकारको कमजोरी हुन नदिन सबैले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ६ : २५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त