माओवादीको भक्तपुर नगर सम्मेलन आज | Khabarhub Khabarhub

माओवादीको भक्तपुर नगर सम्मेलन आज


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरका चार वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को नगर सम्मेलन आज शनिबार हुने भएको छ । भक्तपुरका चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा एकै दिन नगरसम्मेलन हुन लागेको हो ।

सम्मेलनबाट जिल्लामा नयाँ नेतृत्व समेत चयन हुने छ । पार्टी जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालका अनुसार सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुनेछ ।

यद्यपि जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रमा जिल्ला सदस्यलाई समेत नगरमा समेट्नुपर्ने सकस भएकाे उनले स्वीकार गरे । सम्मेलन चाँगुनारायणको तपादम्फोस्थित नगरपालिकाकै हलमा, सूयैविनायकको सूर्यविनायक रिसोर्टमा, मध्यपुर थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा र भक्तपुर नगरपालिकाको च्वङ्गागणेशस्थित नमस्ते ब्याङ्क्वेट हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ५५ बजे

सहकार्यतिर विप्लव, जनार्दन र घनश्याम : वाम ध्रुवीकरणदेखि नयाँ पार्टी निर्माणसम्मै पुग्ने

काठमाडौं- नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादी

अहिले देशमा निर्वाचनको वातावरण बन्न नसके पनि एकदिन निर्वाचन हुनै पर्छ : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्टहरुलाई

अर्थमन्त्रीले भने- राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छ

वीरगञ्ज– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग

लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न चिनियाँ व्यवसायीलाई मल्लको आग्रह 

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी,

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङ– लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ