मिक्लाजुङ हत्याकाण्डका छिमेकीको तनाव– दिनभर त मानिस हुन्छन्, रातमा एक्लै | Khabarhub Khabarhub

मिक्लाजुङ हत्याकाण्डका छिमेकीको तनाव– दिनभर त मानिस हुन्छन्, रातमा एक्लै


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमाया फियाकको घर छ ।

नाताले बमबहादुरकी काकाको छोरीसमेत रहेकी उनले नै बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइएकी थिइन् । तर त्यस दिनको घटनापछि उनले राम्रोसँग श्वास फेर्न पनि पाएकी छैनन् ।

मङ्गलबार घटना थाहा पाएको दिनद बिहानदेखि कान्छीमायाले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् ।

चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको ओहोरदोहोर भइरहन्छ । मानिसहरु घटनाबारे बुझ्न त नजिकका छिमेकी कुराकानी गर्न उनको घरमा आइपुग्छन् तर रातको अध्यारोमा भने उनी एक्लै पर्छिन् । “छ दिन भयो, निन्द्रा लागेको छैन । केही खाऔँ मन लाग्दैन”, कान्छीमायाले डर मिश्रित स्वरमा भनिन् “साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने ? के खाने ?”

सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ । बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कापेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न नसकिएको उनको भनाइ छ ।

मिक्लाजुङ–३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको गत सोमबार राति सामूहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन् । मिक्लाजुङ–३ का वडाध्यक्ष हस्तराज फियाकले फिल्ममा मात्र देखेको र सुनेको घटना बारे सुन्दा गाउँलेले पत्याउन नै सकिरहेका छैनन् । त्यसमा पनि एक जना व्यक्तिले यति धेरै जनाको हत्या गरेको भन्दा त झन् गाउँलेले त्यसलाई स्वीकार नै गर्न नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ८ : २७ बजे

बृहत् बाम एकताबाट समाजवादी क्रान्तिको वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

क्यानाडाका प्रधानमन्त्रीले भने- पहिलो बजेटबाट अमेरिकामाथिको निर्भरता घटाउँछु

ओटावा– क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको सरकारले मंगलबार आफ्नो पहिलो बजेट

माओवादीसहितलाई जसपा नेपालको चेतावनी : हाम्रो पाँच कुने तारा चिह्न अरूले प्रयोग नगरून्

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले नेकपा माओवादी केन्द्रसहित

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि

महामन्त्री गगन थापाको चेतावनी : सुधार नगरे कांग्रेस इतिहासमा सीमित हुनेछ (दस्तावेजसहित)

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुधार नगरे पार्टी इतिहासमै