मिक्लाजुङ हत्याकाण्डका छिमेकीको तनाव– दिनभर त मानिस हुन्छन्, रातमा एक्लै « Khabarhub

मिक्लाजुङ हत्याकाण्डका छिमेकीको तनाव– दिनभर त मानिस हुन्छन्, रातमा एक्लै


११ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमाया फियाकको घर छ ।

नाताले बमबहादुरकी काकाको छोरीसमेत रहेकी उनले नै बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइएकी थिइन् । तर त्यस दिनको घटनापछि उनले राम्रोसँग श्वास फेर्न पनि पाएकी छैनन् ।

मङ्गलबार घटना थाहा पाएको दिनद बिहानदेखि कान्छीमायाले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् ।

चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको ओहोरदोहोर भइरहन्छ । मानिसहरु घटनाबारे बुझ्न त नजिकका छिमेकी कुराकानी गर्न उनको घरमा आइपुग्छन् तर रातको अध्यारोमा भने उनी एक्लै पर्छिन् । “छ दिन भयो, निन्द्रा लागेको छैन । केही खाऔँ मन लाग्दैन”, कान्छीमायाले डर मिश्रित स्वरमा भनिन् “साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने ? के खाने ?”

सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन्, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ । बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर आज सबै स्थानीय त्रासले कापेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न नसकिएको उनको भनाइ छ ।

मिक्लाजुङ–३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको गत सोमबार राति सामूहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन् । मिक्लाजुङ–३ का वडाध्यक्ष हस्तराज फियाकले फिल्ममा मात्र देखेको र सुनेको घटना बारे सुन्दा गाउँलेले पत्याउन नै सकिरहेका छैनन् । त्यसमा पनि एक जना व्यक्तिले यति धेरै जनाको हत्या गरेको भन्दा त झन् गाउँलेले त्यसलाई स्वीकार नै गर्न नसकेको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ जेठ २०७६, शनिबार  ८ : २७ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित