‘चुरीफुरी’ ट्रेलरमा युवाको पीडा « Khabarhub

‘चुरीफुरी’ ट्रेलरमा युवाको पीडा


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमेडी जनराको फिल्म ‘चुरीफुरी’ को ट्रेलर सार्वजनिक भएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्र्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिवेश र परिस्थितिलाई दर्शाइएको छ ।

ट्रेलरमा ‘डेब्यु’ अभिनेता अभिषेक श्रेष्ठ, रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित ‘दारी बा’, राजीवजंग बस्नेत, तुलसीप्रसाद श्रेष्ठलगायत नवअभिनेत्रीत्रय पूजा पन्त, सोना बज्राचार्य र रिन्जिन गुरुङ फिचर्ड छन् ।

आगामी पौष ९ गते प्रदर्शनमा आउने फिल्म आरबी मुभीजको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुनिता श्रेष्ठ, ऋतु आचार्य, जोया ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, रश्मी आचार्य र सरिस्मा मगरको पनि अभिनय छ ।

निर्देशक आचार्य र रिना ढकाल(भण्डारी) निर्माता रहेको फिल्ममा विमला भुषाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी सहनिर्माता छन् । फिल्ममा राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन र कलर, भीमफेदी गाइजको कोरियोग्राफी र दीपक शर्माको संगीत छ । फिल्मको वितरक डीसीएन हो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ३८ बजे

मनसुन सक्रिय भएसँगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च

काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण

बाँकेको जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु

अत्यावश्यक औषधि उत्पादनको समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच

एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौँ– विद्युत विकास विभागले आर्थिक वर्ष २०८२–८३ मा जलविद्युत्तर्फ ९९

दुई फर्मलाई वाणिज्य विभागको जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई