‘नो इन्ट्री’ सिक्वेलमा ट्रिपल सलमान « Khabarhub

‘नो इन्ट्री’ सिक्वेलमा ट्रिपल सलमान


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– सन् २००५ मा रिलिज अनिस बज्मीको सुपरहिट कमेडी ड्रामा फिल्म ‘नो इन्ट्री’को सिक्वेल बन्ने भएको छ । सलमान खान, फरदीन खान, अनिल कपूर, विपाशा बसु र लारा दत्त स्टारर ‘नो इन्ट्री’को सिक्वेल ‘नो इन्ट्री मे इन्ट्री’को तयारी सुरु भइसकेको छ ।

सिक्वेलमा सलमान, फरदीन र अनिल प्रमुख भूमिकामा अभिनय गर्ने भए पनि अभिनेत्रीको छनोट भने भइसकेको छैन । फिल्ममा कमेडीको सिक्वेन्स अघिल्लो फिल्मभन्दा नौ गुणा बढी हुने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सलमान, अनिल र फरदीन ट्रिपल भूमिकामा हुनेछन् । जसकारण फिल्ममा नौ अभिनेत्री देखिनेछन् । बलिउडमा हालसम्म प्रयोग नभएको विषय यसमा प्रयोग गरिने निर्माण पक्षको दाबी छ । फिल्ममा लारा दत्त, इशा देओल र सेलिना जेटली पनि हुनेछन् ।

टी–सिरिज प्रमुख भूषण कुमार आफ्ना ‘कबीर सिंह’ निर्माता मुराद खेतानीसँग मिलेर यो फिल्म बनाउदैछन् । फिल्मको सुटिङ आगामी वर्षको सुरुदेखि हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ५१ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा