‘नो इन्ट्री’ सिक्वेलमा ट्रिपल सलमान « Khabarhub

‘नो इन्ट्री’ सिक्वेलमा ट्रिपल सलमान


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– सन् २००५ मा रिलिज अनिस बज्मीको सुपरहिट कमेडी ड्रामा फिल्म ‘नो इन्ट्री’को सिक्वेल बन्ने भएको छ । सलमान खान, फरदीन खान, अनिल कपूर, विपाशा बसु र लारा दत्त स्टारर ‘नो इन्ट्री’को सिक्वेल ‘नो इन्ट्री मे इन्ट्री’को तयारी सुरु भइसकेको छ ।

सिक्वेलमा सलमान, फरदीन र अनिल प्रमुख भूमिकामा अभिनय गर्ने भए पनि अभिनेत्रीको छनोट भने भइसकेको छैन । फिल्ममा कमेडीको सिक्वेन्स अघिल्लो फिल्मभन्दा नौ गुणा बढी हुने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सलमान, अनिल र फरदीन ट्रिपल भूमिकामा हुनेछन् । जसकारण फिल्ममा नौ अभिनेत्री देखिनेछन् । बलिउडमा हालसम्म प्रयोग नभएको विषय यसमा प्रयोग गरिने निर्माण पक्षको दाबी छ । फिल्ममा लारा दत्त, इशा देओल र सेलिना जेटली पनि हुनेछन् ।

टी–सिरिज प्रमुख भूषण कुमार आफ्ना ‘कबीर सिंह’ निर्माता मुराद खेतानीसँग मिलेर यो फिल्म बनाउदैछन् । फिल्मको सुटिङ आगामी वर्षको सुरुदेखि हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : ५१ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको