नबाबको रियल भिडियो  ‘कराची से’ लिलामीमा, न्यूनतम मूल्य ७५ लाख « Khabarhub

नबाबको रियल भिडियो  ‘कराची से’ लिलामीमा, न्यूनतम मूल्य ७५ लाख


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दी फिल्म ‘बजरंगी भाइजान’ हेर्नु भएका दर्शकलाई थाहा हुन सक्छ, फिल्ममा एक पत्रकार थिए चाँद नबाब । यो भूमिका कलाकार नवाजुद्दीन सिद्दीकीले निभाएका थिए । सिद्दीकीले निभाएको भूमिका पाकिस्तानी पत्रकार चाँद नबाबको एक भिडियोबाट प्रेरित थियो ।

बजरगीं भाइजानमा सिद्दीकीले चित्रण गरेको भूमिका पाकिस्तानी पत्रकार चाँद नबाबले वास्तविक जीवनमा रिर्पोटीगंका क्रममा गरेको एक भिडियो क्लिपको हो । चाँद नबाब कराचीको रेल्वे स्टेशनबाट रिपोर्टिगं गर्दा पटक पटक क्यामेराम्यान र उनी बीचबाट जाने यात्रुका कारण रिपोटीङ गर्न पाउँदैनन् । जसका कारण उनी रिसाउँछन् । यही रोचक भिडियोबाट प्रेरित भएर फिल्मले यसैको कमेडी रिमेक गरेको थियो । त्यसयता चाँद नबाब चर्चामा आएका थिए ।

चाँद नवाबको यही लोकप्रिय भिडियो ’कराची से’ अहिले डिजिटल सम्पती बन्दै बिक्रीमा राखिएको छ । यसलाई नन–फन्जिबल टोकन (एनएफटी)को रुपमा फाउन्डेशन ऐपमा बिक्रीकालागि राखिएको छ । एनएफटीले डिजिटल सम्पती जस्तै फोटोको सफ्ट कपी, भिडियो क्लिपको लिलामी गर्दै यसका मालिक वा कलाकारलाई पैसा कमाउन मदद्त गर्दै आएको छ ।

चाँद नवाबको यो भिडियो सन् २००८ को हो । उनी रेल्वे स्टेसनमा इद पर्व मनाउन घर जाने यात्रुको बारेमा आफ्नो टेलिभिजनकालागि रिपोटीङ गरेका थिए । यही भिडियोलाई न्यूनतम रकम २० एथेरियम टोकन अर्थात् ६३ हजार ६ सय ४ डलर अर्थात् करिब नेपाली ७५ लाख ६६ हजार भन्दा बढि रकममा लिलामीमा राखिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  १२ : ०० बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल