सहमति भए त्याग गर्न तयार छु – लालबाबु पण्डित « Khabarhub

सहमति भए त्याग गर्न तयार छु – लालबाबु पण्डित


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- उपाध्यक्ष पदमा दाबी गर्दै आएका एमाले नेता लालबावु पण्डितले १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् ।

सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको भन्दै पण्डितले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू यही पदमा हुनुपर्छ भनेर उभिने पक्षमा नरहेको बताए ।

बन्द सत्र स्थलमा प्रतिनिधिहरुले सहमतिमा नेतृत्व चयन गर्न नाराबाजी गरिरहेका वेला पण्डितले सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका हुन् ।

प्रचार विभाग उपप्रमुख सूर्य थापाले अध्यक्ष केपी ओली सर्वसम्मतको प्रयासमा रहेको भन्दै उम्मेदवारी दर्ता गर्न हतार नगर्न आग्रह गरेका छन् । उनले नेतृत्व र नेताहरू सर्वसम्मत नेतृत्व चयनको गृहकार्यमा जुटेको भन्दै उम्मेदवारी दिन हतार नगर्न आग्रह गरेका हुन् ।

अर्की नेतृ गंगा चौधरीले पनि आफूसहित सबैजसो प्रतिनिधि सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताइन् ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १२ : १७ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन