२ लाख डलरसहित पोखराबाट १ जना पक्राउ « Khabarhub

२ लाख डलरसहित पोखराबाट १ जना पक्राउ


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखराका लागि आउँदै गरेको माईक्रो बसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोकका छिरिङ डुन्डुक गुरुङ छन् । प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले उनी बारे थप अनुसन्धान भइरहेको बताएका छन् ।

‘विगतको गतिविधि हेर्दा काठमाडौंबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र प्लेन चढेर काठमाडौं जाने गरेको खुलेको छ । अरु अनुसन्धान भैरहेको छ,’ उनले भने ।

डलर बोकेर आएको भन्ने गोप्य सूचनाको आधारमा गुरुङलाई वडा प्रहरी कार्यालय गगनगौंडाले पक्राउ गरेको हो । उक्त रकम केका लागि ल्याइएको र कहाँ लगानी हुँदै थियो भन्ने प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  २ : २५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन