करिब २ लाख अमेरिकी डलरसहित एकजना पक्राउ « Khabarhub

करिब २ लाख अमेरिकी डलरसहित एकजना पक्राउ


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा विदेशी मुद्रासहित एकजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका ३३ गगनगौंडाबाट १ लाख ९४ हजार २ सय अमेरिकी डलरसहित पोखरा महानगरपालिका ९ शिवालय चोक बस्ने मुस्ताङका ४२ वर्षीय छिरिङ डुन्डु गुरुङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

कास्कीमा विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका ३३ स्थित काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको सवारी साधन जाँच गर्ने क्रममा गुरुङलाई उक्त अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : ५० बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा