प्रतिक्रियावादीले षड्यन्त्र गरेर प्रतिपक्षमा पुर्‍याए : ओली (भिडियो) « Khabarhub

प्रतिक्रियावादीले षड्यन्त्र गरेर प्रतिपक्षमा पुर्‍याए : ओली (भिडियो)


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– एमाले अध्यक्ष केपी ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको बताएका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताए ।

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए । शक्तिपृथकीकरणको सिद्धान्त खलबलिदै गएको भन्दै यो क्रम अघि वढे लोकतन्त्रका लागि खतरा हुने बताए ।

एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए ।

उनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् ।

उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।

अध्यक्ष ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि वढ्नुपर्ने बताएका छन् । उनले भने ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।’

उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि बढाएको भन्दै नेता र कार्यकर्तालाई धन्यवादसमेत दिए । ‘म कति बाँच्छु भन्न सक्दिन, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईहरुलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु,’ ओलीले बन्दसत्रमा भने ।

१०औं महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बताए ।

ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उदघाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौं । जनताले यहाँ पुर्याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरूपयोग भएको छ । दढ भएर सामना गर्नुपर्नेछ ।’

उनले नवौं महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्वपूर्ण भूमिका रहेको बताए । उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : ४३ बजे

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका