बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र « Khabarhub

बारले माधवकुमार नेपाललाई बुझायो ज्ञापनपत्र


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आइतबार सत्तारुढ गठबन्धनको एक दल नेकपा (एकीकृत समाजवादी) लाई ज्ञापनपत्र बुझाएको छ ।

आइतबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउनुपर्नेलगायतका मागहरु छन् । ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेपालले न्यायालय संकटबारे पार्टीमा छलफल गर्ने बताए । उनले सत्ता गठबन्धनमा पनि यो विषयमा छलफल गरिने बताए ।

बारले यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, लोसपा, सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यण गणेश तिम्सिनालाई ज्ञापनपत्र बुझाइसकेको छ । बारले आइतबार चौथो चरणको आन्दोलन सकेको छ । सोमबारदेखि पाँचौ चरणको आन्दोलन गर्ने तयारीमा छ ।

आइतबार पनि बारले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको थियो । सो धर्नामा बोल्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधान्यायाधीश राणाले पदीय हैसियत गुमाइसकेको टिप्पणी गरेका थिए । राणाबाहेकको बसेको फुलकोर्ट बैठकले गोलाप्रथा लागू गर्ने निर्णय गरेर प्रधान्यायाधीशको अधिकार कटौती गरिसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ०५ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक