चार नेताले ओलीलाई बुझाएर ३०१ केन्द्रीय सदस्यको सूची « Khabarhub

चार नेताले ओलीलाई बुझाएर ३०१ केन्द्रीय सदस्यको सूची


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको चितवनमा जारी १० औँ महाधिवेशनका क्रममा निर्वाचित हुने ३०१ जना केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओली निकट ४ जना नेताहरुले अध्यक्ष ओलीलाई बुझाएका छन् ।

शनिबार बन्दसत्रले केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएको थियो । ओलीले गृहकार्य गरेर सूची तयार पार्न आफू निकट ४ जना नेताहरुलाई जिम्मा दिएका थिए । विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मेवारी दिएका थिए । उनीहरुले ओलीलाई सूची बुझाएका छन् । उनीहरुले पदाधिकारी र सदस्यको सूची बनाएर ओलीलाई बुझाएका हुन्।

ओलीले सो सूचीलाई अन्तिम रुप दिएपछि बन्दसत्रमा पेश गर्ने जनाइएको छ । बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन ।

अब ओलीले अन्तिम रुप दिने र बन्दसत्रमा प्रस्तुत हुने बताइएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : २४ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न