कञ्चनपुर कांग्रेसमा बोगटी निर्वाचित « Khabarhub

कञ्चनपुर कांग्रेसमा बोगटी निर्वाचित


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाली कांग्रेस कञ्चनपुरको पार्टी सभापतिमा ९१ मत अन्तरले पदम बोगटी निर्वाचित भएका छन् ।

आइतबार आएको मतपरिणामअनुसार बोगटीले ८०६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बहादुरसिंह थापाले ७१५ मत प्राप्त गरे ।

बोगटी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए भने भने नेता थापा अर्का केन्द्रीय सदस्य नारायणप्रकाश साउँद समूहको प्यानलमा थिए ।

त्यसैगरी कांग्रेस उपसभापतिमा मीनबहादुर सिंह र हरिचन्द्र राना निर्वाचित भए। सिंहले ७८६ मत प्राप्त गरे भने रानाले ७६३ मत प्राप्त गरी विजयी भए । उपसभापतिका प्रत्यासीद्वय दिवाकर पाण्डेयले ७०४ र शङ्करबहादुर चन्दले ७४० मत पाए ।

त्यसैगरी सचिव पदमा भीमराज भट्ट र हेमराज ओझा भए । त्यस्तै सहसचिवमा नाफुसिंह साउँद र पुष्कल चौधरी निर्वाचित भए ।

कांग्रेस कञ्चनपुरका पदाधिकारीको मतपरिणाम सार्वजनिक भए पनि सदस्यको भने गणना कार्य जारी रहेको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लामा कूल एक हजार ५७१ मत खसेको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ०० बजे

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा