उपराष्ट्रपति पुन आज अष्ट्रिया जाँदै « Khabarhub

उपराष्ट्रपति पुन आज अष्ट्रिया जाँदै


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन आज (आइतबार) युरोपेली मुलुक अष्ट्रियाको भ्रमणका लागि जाने भएका छन् । उनको अष्ट्रिय भ्रमण एकसाता लामो हुनेछ ।

अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा जान लागेका उपराष्ट्रपति पुनले जेठ १४ गते भियनामा हुने जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् ।

पुनको भ्रमण टोलीमा पत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायतको टोली छ । सात दिने भ्रमण तालिका अन्तर्गत उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा नेपालको धारणा राख्ने छन्।

त्यस्तै उनले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नेछन् । भियना हुने अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा पनि उपराष्ट्रपति पुनले सहभागिता जनाउनेछन् ।

त्यस्तै अष्ट्रियामा रहेका नेपालीसँग भेटघाटका साथै अष्ट्रियास्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा सहभागि बन्ने छन् । दूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ७ : ४५ बजे

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन