यसो गरे दाँतमा किरा लाग्दैन « Khabarhub

यसो गरे दाँतमा किरा लाग्दैन


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाँतले केवल खानेकुरा चपाउने काम मात्र गर्दैन यसले अनुहारको सुन्दरता पनि बढाउँछ । तर दाँतमा हुने विभिन्न रोग तथा लापरबाहीले यसलाई बिगार्न सक्छ । अझ दाँतमा किरा लाग्ने समस्या धेरै मानिसमा देखिएको छ ।

गुलियोले मात्र नभई अन्य जुनसुकै खानेकुराले पनि दाँत बिगार्न सक्छ । खानेकुरा दाँत वा मुखमा रहँदा एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने गर्दछ । किरा लाग्नबाट दाँतलाई यसरी जोगाउन के गर्ने त ?

– बिहान बेलुका खाना खाइसके पछि अनिवार्य दाँत ब्रस गर्ने ।

– दाँत माझ्न प्रयोग गर्ने मन्जन फोलोराइडयुक्त मात्र प्रयोग गर्ने ।

– हरेक पटक खानेकुरा खाइसकेपछि अनिवार्य मुख कुल्ला गर्ने ।

– दाँतमा केही मात्रामा पहेँलो, कालो देखिए तत्काल उपचार गर्ने ।

– चिसो पेय पदार्थ गिलास वा बोतलबाट पिउँदा दाँतको बाहिरी भागमा खिइन सक्छ त्यसैले यस्तो पेय पिउन पाइपको प्रयोग गर्ने ।

– बच्चालाई सुतेर खानेकुरा खुवाउँदा खाना मुखमै हुने भएकाले यसले एसिड उत्पादन तिब्र बनाउँछ । त्यसैले सकेसम्म सुतेर खानेकुरा तथा दूध नखुवाउने । ख्वाए मुख कुल्ला गर्न लगाउने ।

– दाँत माझ्न सकेसम्म नरम ब्रसको प्रयोग गर्ने ।

– हरेक महिना दाँत माझ्ने ब्रस परिवर्तन गर्ने ।

– हरेक ६ महिनामा एक पटक दाँतको चेकअप गराउने ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : २३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै