काठमाडौं– सामसुङ कम्पनीले अहिलेसम्मकै सवैभन्दा ठूलो डिस्प्ले भएको स्मार्ट फोन ‘सामासुङ ग्यालेक्सी ए–७०’ नेपाली बजारमा ल्याएको छ ।‘ग्यालेक्सी ए–७०’ मा ६.७ इन्चको फूल एचडी प्लस सुपर एमोलेड इन्फिनिटी यू डिस्प्ले राखिएको छ ।
ठूलो डिस्प्ले भएका कारण कलर रिप्रडक्सन, भ्यूइङ एंगल, डिटेलिङका भएकाले फोन फिल्म तथा भिडियो हेर्न प्रयोगकर्ताका लागि निकै उपयुक्त हुने कम्पनीको दाबी छ । फोनको अगाडिको भागमा डिस्प्लेको सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास–३ को प्रोटेक्सन छ । मोबाइलको पछाडिपट्टिको भागमा ग्लास फिनिसङियुक्त पोलिकार्बोनेट बडी राखिएको छ ।
फोनको तलको भागमा ५ एमएम ज्याक, युएसबी टाइप सी पोर्ट, माइक्रोफोन र स्पिकर क्रमशः दिइएको छ । मोबाइलमा एउटा अर्को खाश विशेषता यसको दायाँ साइडमा २ सिमकार्ड तथा एउटा मेमोरी कार्ड लाग्ने सिमस्लट राखिएको छ । मोबाइलको स्पिकरको आवाज निकै ठूलो भएपनि साउन्डको विषयमा प्रयोगकर्ताबाट कुनै गुनासो नआउने कम्पनीको दाबी छ ।
मोबाइलको पछाडिपट्टि तीनवटा रेयर क्यामेरा राखिएका छन्, जसमा २३ मेगापिक्सेलको एफ १ दशमलव ७ अपार्चर, ५ मेगा प्रिक्सेलको एफ २ दशमलव २ अपार्चरयुक्त डेप्थ सेन्सर र एक २ दशमलव २ अपार्चरयुक्त ८ मेगा पिक्सेलका अल्ट्रा वाइड एंगल क्यामेरा राखिएको छ ।
मोबाइलको अगाडि एफ टू प्वाइन्ट अपार्चयरयुक्त ३२ मेगा पिक्सलको सेल्पी क्यामेरा रहेको छ । जसले कल स्याचुरेसन र डिटेलिङसहित आकर्षक सेल्फी फोटो खिच्न सकिने कम्पनीको दाबी छ । मोबाइलमा ११ नानोमिटर अक्टाकोर प्रोसेसरयुक्त क्लवालकम स्नापड्रागन ६७५ शक्तिशाली प्रोसेसरले फोनको प्रयोगमा कनै कमी हुन नदिने कम्पनीको दाबी छ ।
मोबाइलमा ६ जिबीको र्याम छ भने १ सय २८ जिबीको इन्टरनल मेमोरीकार्ड पनि राख्न मिल्छ । फोनको सुरक्षाका लागि फेस अनलक र डिस्प्लेभित्र फिंगरप्रिन्ट स्क्यानरको व्यवस्था छ । फोनको मूल्य नेपाली बजारमा ४७ हजार ९ सय ९० रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया