माघ अन्तिममा ‘गणेश गुरुङ एकल साँझ’ « Khabarhub

माघ अन्तिममा ‘गणेश गुरुङ एकल साँझ’


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘कौडा किङ’का रुपमा परिचित गायक गणेश गुरुङको आगामी माघ २३ गते राजधानीमा ‘गणेश गुरुङ एकल साँझ’ हुने भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समिति, घलेगाउँ लमजुङको आयोजनामा हुन लागेको एकल साँझमा गायक गणेशले डेढ दर्जनभन्दा बढी आफ्ना सिर्जनाहरु प्रत्यक्ष वाद्यवादनमा सुनाउने छन् ।

२०५८ सालबाट मनकामना केवलकारमा चोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका गायक गुरुङका ‘ल्वाङ सुपारी’, ‘सल्ला धुपैले’, ‘गोगन पानीमा’, ‘सुनको औठी’, ‘दाइ त मेरो लाहुर जाने’, ‘गोरखा मनकामना’, ‘गोरखा डाँडा’, ‘सिरानचोक’, ‘गाउँ चिनारी’गीत लगायत तीन सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । उनका चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा छन् । उनले २५ भन्दा बढी गुरुङ फिल्ममा गायन, संगीत र अभिनय गरिसकेका छन् ।

लोक, आधुनिक र फिल्म गायनको क्षेत्रमा दुई दशकदेखि सक्रिय रहँदै आएका गायक गणेशको एकल साँझ गर्न पाउनु आफूहरुका लागि खुशीको अवसर रहेको आयोजक संस्थाका अध्यक्ष प्रेम घलेले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ४७ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत