माघ अन्तिममा ‘गणेश गुरुङ एकल साँझ’ « Khabarhub

माघ अन्तिममा ‘गणेश गुरुङ एकल साँझ’


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘कौडा किङ’का रुपमा परिचित गायक गणेश गुरुङको आगामी माघ २३ गते राजधानीमा ‘गणेश गुरुङ एकल साँझ’ हुने भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समिति, घलेगाउँ लमजुङको आयोजनामा हुन लागेको एकल साँझमा गायक गणेशले डेढ दर्जनभन्दा बढी आफ्ना सिर्जनाहरु प्रत्यक्ष वाद्यवादनमा सुनाउने छन् ।

२०५८ सालबाट मनकामना केवलकारमा चोक गीतबाट सांगीतिक यात्रा सुरु गरेका गायक गुरुङका ‘ल्वाङ सुपारी’, ‘सल्ला धुपैले’, ‘गोगन पानीमा’, ‘सुनको औठी’, ‘दाइ त मेरो लाहुर जाने’, ‘गोरखा मनकामना’, ‘गोरखा डाँडा’, ‘सिरानचोक’, ‘गाउँ चिनारी’गीत लगायत तीन सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । उनका चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरु बजारमा छन् । उनले २५ भन्दा बढी गुरुङ फिल्ममा गायन, संगीत र अभिनय गरिसकेका छन् ।

लोक, आधुनिक र फिल्म गायनको क्षेत्रमा दुई दशकदेखि सक्रिय रहँदै आएका गायक गणेशको एकल साँझ गर्न पाउनु आफूहरुका लागि खुशीको अवसर रहेको आयोजक संस्थाका अध्यक्ष प्रेम घलेले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ४७ बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल