पाँचौँ चरणको आन्दोलनका कार्यक्रम तय गर्न बार कार्यसमितिको बैठक आज « Khabarhub

पाँचौँ चरणको आन्दोलनका कार्यक्रम तय गर्न बार कार्यसमितिको बैठक आज


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँचौँ चरणको आन्दोलनका कार्यक्रम तय गर्न नेपाल बार एसोशिएसनले आज दिउँसो ३ बजे कार्यसमितिको बैठक बोलाएको छ ।

चौथौ चरणको आन्दोलन गत शुक्रबारसम्मका लागि तोकेको बारले आगामी दिनमा आन्दोलनलाई  कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा ३ बजे कार्यसमितिको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । बारले नियमित सर्वोच्च अदालतमा गर्दै आएको धर्नाको कार्यक्रम भने यथावत राखेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका कारण न्यायालयमा विकृति विसंगति र भ्रष्टाचारजन्य गतिविधिहरु बढेको भन्दै बारले करिब १ महिनादेखि प्रधानन्यायधीश जबराको राजीनामा माग गर्दै आएको छ ।

राणालाई महाअभियोग लगाउन आग्रह गर्दै बारका पदाधिकारीहरुले प्रमुख राजीनिक दलका शीर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाएपनि त्यस तर्फ नेताहरुले खासै चासो देखाएको देखिदैन भने प्रधानन्यायाधीश राणा राजीनामा दिने पक्षमा देखिदैनन् । त्यस्तै बारले पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म आफ्नो आन्दोलनलाई यथावत राख्ने बताउँदै आएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ५९ बजे

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)