एमाले महाधिवेशन : मतदानको समय एक घण्टा थप्ने तयारी « Khabarhub

एमाले महाधिवेशन : मतदानको समय एक घण्टा थप्ने तयारी


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान जारी छ । यो समाचार तयार गर्दासम्म साढे १६ सय प्रतिनिधिले मतदान गरिसकेका छन् ।

महाधिवेशनमा २१ सय ५३ जना मतदाता रहेका छन् । साढे १६ सय भन्दाबढी मतदाताले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए ।

गए राति २ बजेबाट मंगलबार बिहान ८ बजेससम्मका लागि मतदानको समय तोकिए पनि मंगलबार बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो । जसअनुसार बिहान १० बजेसम्म मतदान भइसक्ने आँकलन आयोगले गरे पनि फेरि समय थप गर्नुपर्ने देखिएको छ ।

दाहालका अनुसार बिहान ११ बजेसम्म मतदान सम्पन्न हुने आँकलन गरिएको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावल चुनावी मैदानमा छन् । ६ जना उपाध्यक्षका लागि सात जना र सात सचिवका लागि नौ जनाले उम्मेदवारी दिएका छन् ।

 

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ५८ बजे

जेन-जी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस

चितवन– गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनका

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर

कांग्रेसद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफारिस

अर्घाखाँची– नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

अमेरिकाले स्थगित गर्‍यो डीभी कार्यक्रम

काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ ।

बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्दै

दशरथचन्द– बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । विगतमा