कस्ता औला भएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ? | Khabarhub Khabarhub

कस्ता औला भएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ?


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा शास्त्रमा केवल हातका रेखाका बारेमा मात्र नभई ती रेखा र अन्य चिन्हका आधारमा व्यक्तिको सम्पूर्ण व्यक्तित्वसम्म थाहा पाउन सकिन्छ । शास्त्रको मान्यता अनुसार जुन व्यक्तिको औला सामान्य भन्दा विशेष आकारको हुन्छ उनीहरुबाट बच्नु पर्ने हुन्छ । यस्ता व्यक्तिले धोका दिन सक्ने शास्त्रको मान्यता छ ।

लामो औला भएका व्यक्ति :

हस्तरेखा शास्त्र अनुसार कुनै व्यक्तिको औलाको आकार सामान्य भन्दा लामो छ भने यस्ता व्यक्ति कुराको जड खोतल्ने स्वभावका हुन्छन् । यस्ता व्यक्ति कुनै पनि कुरा सुनेपछि त्यसको गहराईसम्म जाने कोसिस गर्दछन् । यस्ता व्यक्तिसँग सामान्य कुरा भने पनि निजी कुरा गर्नबाट बच्नु पर्दछ ।

चौडा औला भएका व्यक्ति :

हस्तरेखा शास्त्र अनुसार कुनै व्यक्तिको औला औसत भन्दा बढि चौडा छ भने यस्ता व्यक्तिलाई विश्वास गर्नबाट बच्नु पर्दछ । मान्यता अनुसार यस्ता औला भएका व्यक्ति स्वच्छन्द प्रकृतिका त हुन्छन् तर केवल आफ्नो फाइदाका बारेमा मात्र सोच्ने प्रकृतीका हुन्छन् । उनीहरूलाई अरूको इच्छामा कुनै चासो हुँदैन ।

मोडिएको औला भएका व्यक्ति :

हस्तरेखा शास्त्र अनुसार कुनै व्यक्तिको औला औसत भन्दा धेरै मोडिएको छ भने यस्ता व्यक्तिसँग सतर्क हुनु पर्दछ । यस्ता व्यक्ति देखावटी गर्ने र मीठो बोल्ने स्वभावका हुन्छन् । यस्ता मानिस आफ्नो काम निकाल्न जो कोहीसँग राम्रो बन्न र मीठो बोल्न पछि पर्दैनन् । तर काम निकालेपछि उनीहरूलाई अरूको चासो नहुने शास्त्रको मान्यता छ ।

वर्गाकार औला भएको व्यक्ति :

हस्तरेखा शास्त्र अनुसार कुनै व्यक्तिको औला औसत भन्दा टुप्पोमा वर्गाकार छ भने उनीहरूसँग मित्रता गाँस्नु फायदाजनक हुन्छ । मान्यता अनुसार यस्ता व्यक्तिले हरेक व्यत्तिसँग राम्रो सम्बन्ध निभाउँछन् । साथै कुनै पनि अवस्थामा साथ नछाड्ने स्वभावको हुने मान्यता छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : ५५ बजे

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण

मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद बैठक बोलाएका छन् ।

नेशनल लाइफले १५ प्रतिशत बोनस दिने 

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने भएको छ

भोजपुरमा ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम

भोजपुर– पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ कार्यक्रम

प्रि ओपन सेसन : करिब एक अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब