कस्ता औला भएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ? « Khabarhub

कस्ता औला भएका व्यक्तिको स्वभाव कस्तो हुन्छ ?


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा शास्त्रमा केवल हातका रेखाका बारेमा मात्र नभई ती रेखा र अन्य चिन्हका आधारमा व्यक्तिको सम्पूर्ण व्यक्तित्वसम्म थाहा पाउन सकिन्छ । शास्त्रको मान्यता अनुसार जुन व्यक्तिको औला सामान्य भन्दा विशेष आकारको हुन्छ उनीहरुबाट बच्नु पर्ने हुन्छ । यस्ता व्यक्तिले धोका दिन सक्ने शास्त्रको मान्यता छ ।

लामो औला भएका व्यक्ति :

हस्तरेखा शास्त्र अनुसार कुनै व्यक्तिको औलाको आकार सामान्य भन्दा लामो छ भने यस्ता व्यक्ति कुराको जड खोतल्ने स्वभावका हुन्छन् । यस्ता व्यक्ति कुनै पनि कुरा सुनेपछि त्यसको गहराईसम्म जाने कोसिस गर्दछन् । यस्ता व्यक्तिसँग सामान्य कुरा भने पनि निजी कुरा गर्नबाट बच्नु पर्दछ ।

चौडा औला भएका व्यक्ति :

हस्तरेखा शास्त्र अनुसार कुनै व्यक्तिको औला औसत भन्दा बढि चौडा छ भने यस्ता व्यक्तिलाई विश्वास गर्नबाट बच्नु पर्दछ । मान्यता अनुसार यस्ता औला भएका व्यक्ति स्वच्छन्द प्रकृतिका त हुन्छन् तर केवल आफ्नो फाइदाका बारेमा मात्र सोच्ने प्रकृतीका हुन्छन् । उनीहरूलाई अरूको इच्छामा कुनै चासो हुँदैन ।

मोडिएको औला भएका व्यक्ति :

हस्तरेखा शास्त्र अनुसार कुनै व्यक्तिको औला औसत भन्दा धेरै मोडिएको छ भने यस्ता व्यक्तिसँग सतर्क हुनु पर्दछ । यस्ता व्यक्ति देखावटी गर्ने र मीठो बोल्ने स्वभावका हुन्छन् । यस्ता मानिस आफ्नो काम निकाल्न जो कोहीसँग राम्रो बन्न र मीठो बोल्न पछि पर्दैनन् । तर काम निकालेपछि उनीहरूलाई अरूको चासो नहुने शास्त्रको मान्यता छ ।

वर्गाकार औला भएको व्यक्ति :

हस्तरेखा शास्त्र अनुसार कुनै व्यक्तिको औला औसत भन्दा टुप्पोमा वर्गाकार छ भने उनीहरूसँग मित्रता गाँस्नु फायदाजनक हुन्छ । मान्यता अनुसार यस्ता व्यक्तिले हरेक व्यत्तिसँग राम्रो सम्बन्ध निभाउँछन् । साथै कुनै पनि अवस्थामा साथ नछाड्ने स्वभावको हुने मान्यता छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : ५५ बजे

नेप्से परिसूचक ३४ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३४ दशमलव ६३ अंकले घटेर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

मनिला- फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा

आजदेखि नयाँ प्रशासनिक भवनबाट काठमाडौं वडा नं. ६ को सेवा सुरु

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. ६ ले आजदेखि नयाँ प्रशासनिक

पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर 

काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू