गर्भवती अवस्थामा किन वाकवाकी लाग्छ ? « Khabarhub

गर्भवती अवस्थामा किन वाकवाकी लाग्छ ?


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया गर्भवती अवस्थामा धेरै महिलालाई वाकवाकी लाग्दछ । यो गर्भावस्थामा देखिने सामान्य समस्या हो । तर, गर्भावस्थामा किन वाकवाकी लाग्छ त ?

चिकित्सकका अनुसार गर्भावस्थामा वाकवाकी लाग्नुको प्रमुख कारण हो, एचसिजी हर्मोन । यो हर्मोनका कारण गर्भवती महिलालाई रिगंटा र वाकवाकी लाग्ने गर्दछ । जसलाई चिकित्सकीय भाषामा प्रेग्नेन्सी हर्मोन पनि भनिन्छ । यस्तो हर्मोनले निषेचित अण्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ । वाकवाकी लाग्नुमा स्ट्रेस र थकान पनि प्रमुख कारण हुन् ।

गर्भावस्थामा वाकवाकी लाग्नुको अर्को कारण हो इस्ट्रोजिन हर्मोन । यो हर्मोन गर्भवती महिलामा बढेर जाँदा वाकवाकी लाग्दछ । सामान्यतया गर्भवती भएको ४ देखि ८ हप्ताबाट वाकवाकी लाग्न सुरु हुन्छ । यो क्रम १३ देखि १४ हप्तासम्म रहन्छ । कसै कसैमा भो यो भन्दा पनि बढी समयसम्म हुन सक्छ । कतिपयमा यो समस्या नदेखिन पनि सक्छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना