मनाइँदै विश्व एड्स दिवस : जनचेतना बढाउन आवश्यक « Khabarhub

मनाइँदै विश्व एड्स दिवस : जनचेतना बढाउन आवश्यक


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । नेपालमा ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ यस वर्ष यो दिवस मनाउन लागिएको हो।

हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

दुव्र्यसनमा परेका युवालाई परामर्श दिने तथा क्रमशः एचआईभी एड्सको सङ्क्रमणदर घटाउने योजना आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । दुव्र्यसनमा लागेका युवालाई सुरक्षित सुई वितरण गर्न थालिएको ‘कम्युनिटी सपोर्ट गु्रप’का प्रमुख प्रदीप जिसीले बताए। जिल्लामा १०८ युवाले असुरक्षित रुपमा सुई प्रयोग गरेको पाइएको छ ।

वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवार, यौन व्यवसाय गर्ने, लागुपदार्थ दुव्र्यसनमा लागेकाबाट एड्स सङ्क्रमण बढी भएको पाइएको छ । स्वास्थ्य कार्यालय र कम्युनिटी सर्पोट गु्रप तथा राष्ट्रिय एड्स रोग निवारण तथा समन्वय समितिले अभियाननै थालेका छन् । सन् २०३० सम्ममा सङ्क्रमणदर न्यून बनाउने, परीक्षणदर ९५ प्रतिशतसम्म पुर्‍याउने, उपचारदर पनि ९५ प्रतिशत नै पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको गुरौले बताए।

एड्स दिवसका अवसरमा जिल्लामा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य कार्यालयका देवप्रकाश घिमिरे, कम्युनिटी सपोर्ट ग्रुपका जिसी र राष्ट्रिय एचआइभी एड्स समन्वय समितिकी सिर्जना थापाले एड्सको अवस्थाबारे आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ४७ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र