ताञ्जानियाका टिकटक स्टारलाई बलिउडको अफर | Khabarhub Khabarhub

ताञ्जानियाका टिकटक स्टारलाई बलिउडको अफर


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– दुई दिनअघि सामाजिक सञ्जालमा भाइरल भएका ताञ्जानियाका टिकटकस्टार किली पलको जोडीलाई बलिउडबाट अफर मिलेको छ । संगीतकार तनिष्क बागचीले किली पललाई सन्देश पठाउदै सँगै काम गर्नका लागि प्रस्ताव गरेका हुन् ।

किलीले सन्देशको स्क्रिन सट आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन् । किली र उनकी बहिनीको भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ । ‘शेरशाह’ स्टार सिद्धार्थ र कियाराले पनि उनीहरुको भिडियोलाई शेयर गरेका छन् ।

तनिष्कको संगीत निर्देशनमा बनाइएकाे ‘शेरशाह’को गीत ‘राता लम्बिया’ मा किली र उनकी बहिनीले लिपसिंक गरेका थिए । तनिष्कले किलीलाई सन्देश पठाउदै ‘के तपाईंहरुकै भिडियो हो ?’ भनेर सोधेका थिए । किलीले आफूहरुको भिडियो भए पनि कसैले क्रेडिट नदिएको बताएपछि तनिष्कले सहकार्यको प्रस्ताव गरेका हुन् ।

किलीले आफ्नो सामाजिक सञ्जाल र टिकटकमा करिब २ सय ८५ भिडियो पोस्ट गरेका छन् । उनीहरुको भिडियो भाइरल भएपछि चर्चा चुलिएको छ । उनीहरुको अहिले एक लाख बढी फलोअर छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ११ : १८ बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०