ताञ्जानियाका टिकटक स्टारलाई बलिउडको अफर « Khabarhub

ताञ्जानियाका टिकटक स्टारलाई बलिउडको अफर


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– दुई दिनअघि सामाजिक सञ्जालमा भाइरल भएका ताञ्जानियाका टिकटकस्टार किली पलको जोडीलाई बलिउडबाट अफर मिलेको छ । संगीतकार तनिष्क बागचीले किली पललाई सन्देश पठाउदै सँगै काम गर्नका लागि प्रस्ताव गरेका हुन् ।

किलीले सन्देशको स्क्रिन सट आफ्नो इन्स्टाग्राम स्टोरीमा शेयर गरेका छन् । किली र उनकी बहिनीको भिडियोलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ । ‘शेरशाह’ स्टार सिद्धार्थ र कियाराले पनि उनीहरुको भिडियोलाई शेयर गरेका छन् ।

तनिष्कको संगीत निर्देशनमा बनाइएकाे ‘शेरशाह’को गीत ‘राता लम्बिया’ मा किली र उनकी बहिनीले लिपसिंक गरेका थिए । तनिष्कले किलीलाई सन्देश पठाउदै ‘के तपाईंहरुकै भिडियो हो ?’ भनेर सोधेका थिए । किलीले आफूहरुको भिडियो भए पनि कसैले क्रेडिट नदिएको बताएपछि तनिष्कले सहकार्यको प्रस्ताव गरेका हुन् ।

किलीले आफ्नो सामाजिक सञ्जाल र टिकटकमा करिब २ सय ८५ भिडियो पोस्ट गरेका छन् । उनीहरुको भिडियो भाइरल भएपछि चर्चा चुलिएको छ । उनीहरुको अहिले एक लाख बढी फलोअर छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ११ : १८ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ