विप्लव नेतत्वको नेकपा विभाजित, नेकपा (क्रान्तिकारी) पार्टी गठन | Khabarhub Khabarhub

विप्लव नेतत्वको नेकपा विभाजित, नेकपा (क्रान्तिकारी) पार्टी गठन


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरूको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिइएको छ ।

नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवि वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाबिहीन काल्पनिक बाटोमा लागेको भन्दै पूर्णतः असफल भएको नवगठित क्रान्तिकारीले धारणा राखेको छ ।

कार्यक्रममा प्रचार विभागका प्रमुख अमर गोपालीले २६ र २७ कात्तिकमा रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरूको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा(क्रान्तिकारी)को गठन गरेको जानकारी दिए ।

नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ । त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र सात जनाको स्थायी कमिटी सचिवालय गठन गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  २ : ०२ बजे

वैदेशिक संघर्षको आफ्नै कथा भेटेपछि ‘रातो पासपोर्ट’मा निर्माता बने तामाङ

काठमाडौं– वैदेशिक शिक्षा र रोजगारीको सपना पूरा गर्न संघर्षरत युवाहरूको

आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढे

तनहुँ–  जिल्लाको आँबुखैरेनी अस्पतालमा झाडापखाला र ज्वरोका बिरामी बढ्न थालेका

नारायणगढ-मुग्लिन सडक सञ्चालन

मुग्लिन – नारायणगढ-मुग्लिन सडक खण्ड आज दिउँसो ३ बजेसम्म बन्द

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गर्न माग

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व

बागमती प्रदेशसभाको बैठक स्थगन

मकवानपुर–  बागमती प्रदेशसभाको आज बिहान ११ बजे बस्ने भनिएको बैठक