देशमा लगानीको वातावरण बन्दैछ: प्रधानमन्त्री | Khabarhub Khabarhub

देशमा लगानीको वातावरण बन्दैछ: प्रधानमन्त्री


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले आर्थिक पुनरुत्थानलाई तीव्रताका साथ अघि बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिड– १९ को महामारी नसकिए पनि सामान्य अवस्थातिर फर्किएको भन्दै मुलुकमा लगानीको वातावरण बनाइने बताए ।

छोटो समयमा मुलुकको विकास गर्नुपर्ने भन्दै प्रधानमन्त्री देउवाले सरकार अनावश्यक नियन्त्रणको पक्षमा नरहेको र आवश्यक नियमनको सहजीकरणको पक्षमा बताए।

प्रधानमन्त्री देउवाले मुलुकमा आर्थिक सुधार गरिएका केही निजी लगानी वृद्धि भएको भन्दै बैंक तथा वित्तीय संस्था, वायुसेवा कम्पनी, जलविद्युुतमा भएको कामको प्रशंसा गरे ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले अहिलेको खर्च प्रणालीले भने अनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए । नयाँ प्रणाली ल्याउने बारे पनि छलफल भइरहेको उनले बताए ।

विकासका सानातिना कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ले विकासमा ढिलाइ हुने गरेको बताउँदै मन्त्री शर्माले विकासका लागि विशेष कानुन चाहिने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : १६ बजे

मानव अधिकार रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध : कानुन मन्त्री भण्डारी

विराटनगर– कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका