कांग्रेस महाअधिवेशन : लुम्बिनी प्रदेशमा भरत साह र अमर पुन भिड्दै | Khabarhub Khabarhub

कांग्रेस महाअधिवेशन : लुम्बिनी प्रदेशमा भरत साह र अमर पुन भिड्दै


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । बिहीबार सुरू हुने लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । लुम्बिनी प्रदेशका जिल्ला अधिवेशनहरूमा भने पौडेल पक्षले अधिकांश सभापति जितेको छ ।

नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, दाङ, प्यूठान, रोल्पा र रुकुम पूर्वमा पौडेल पक्षले सभापति जितेको थियो । रुपन्देही र बर्दियामा भने संस्थापन पक्षले सभापति जितेको थियो । बाँकेमा अझै अधिवेशन भएको छैन ।

का‌ंग्रेसको लुम्बिनी प्रदेश सभापतिका लागि प्रतिनिधिसभाका सांसदसमेत रहेका भरतकुमार शाह र संविधानसभा सदस्य अमर पुनबीच प्रतिस्पर्धा हुने देखिएको छ । संसदको सार्वजनिक लेखा समितिका सभापति रहेका शाह देउवा पक्षबाट र पुन रामचन्द्र पौडेल पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका हुन् ।

शाहले आफ्नो जित निश्चित रहेको बताए । पार्टीमा लामो समय काम गरेको र इमान्दारीपूर्वक काममा खटिएकाले कार्यकर्ताले आफ्नो निष्ठा र इमान्दारितामा विश्वास गर्ने शाहले बताए ।

उता, अर्का उम्मेद्वार पुनले पनि आफ्नो जित निश्चित रहेको दाबी गरे । आफूले जिते रोल्पा, रुकुम जस्ता संगठन कमजोर भएका जिल्लामा पार्टीको संगठनलाई मजबूत बनाउने पनि उनले बताए ।

प्रदेश अधिवेशनका लागि १६ मंसिरमा मतदाता नामावली प्रकाशन, १७ गते उम्मेदवारी दर्ता र १८ र १९ गते प्रदेशको अधिवेशन तोकिएको छ । प्रदेशको महामन्त्री पदमा भने भुवन श्रेष्ठ र विष्णु मुस्कानले उम्मेदवारी दिने तयारी गरेका छन् । श्रेष्ठ गुल्मी कांग्रेसका निवर्तमान सभापति हुन् भने मुस्कान अर्घाखाँचीका निवर्तमान सभापति हुन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : १० बजे

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

हुम्ला– मुगुमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै

बलिउड अभिनेता धर्मेन्द्र देवलको निधन

काठमाडौं– भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाडौं– राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स),

एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

काठमाडौं– नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत आज मुलुकका ७५३ वटै