गोरो भन्दा कालो छाला हुनेले पाउँछन् यी स्वास्थ्य लाभ « Khabarhub

 गोरो भन्दा कालो छाला हुनेले पाउँछन् यी स्वास्थ्य लाभ


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिस कालो छालालाई सुन्दर मान्दैनन् । सामान्यता गोरो छाला भएका मानिस राम्रो भन्ने कतिपयको सोच हुन्छ । बजारमा समेत गोरो बनाउने हजारौँ उत्पादन पाइन्छ । तर धेरैलाई थाहा नहुन सक्छ, कालो छालाले स्वास्थ्यलाई धेरै लाभ पुर्‍याउँछ । कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

यस्तो छ कालो छाला हुनुको फाइदा :

– छालाको क्यान्सर हुनबाट जोगाउँछ

छालामा पाइने डार्क पिग्मेन्टेशनका कारण गोरो छालाको तुलनामा कालो छाला भएकाहरुमा क्यान्सर हुने सम्भावना कम हुन्छ ।

– हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ

कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ ।

– स्नायू प्रणालीको सुरक्षा

कालो छालामा पाइने मेलानिनले सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ ।

– संक्रमण हुनबाट जोगाउँछ

मेलानिनले संक्रमण फैलाउने ब्याक्टेरियाबाट पनि बचाउँछ । साथै गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ ।

– जवान देखिन्छ

कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ । जसका कारण कालो छाला हुनेहरु लामो समयसम्म जवान देखिने गर्दछन् ।

– रोग प्रतिरोधी क्षमता

मेलानिनका कारण शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने गर्दछ । यस्तो छाला हुनेहरूमा रुघा–खोकीजस्ता रोगको जोखिम समेत कम हुन्छ ।

गर्भावस्थामा फाइदाजनक

मेलानिन महिलामा स्वस्थ अण्डाको उत्पादनमा मद्दत गर्दछ । गर्भावस्थासँग जोडिएका विभिन्न समस्याबाट पनि यसले बचाउँछ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ८ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै