यूरेनियम जस्तो देखिने टल्किने पदार्थसहित ३ जना पक्राउ « Khabarhub

यूरेनियम जस्तो देखिने टल्किने पदार्थसहित ३ जना पक्राउ


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-६ घर भएका ३१ वर्षीय प्रदीप घिमिरे, काठमाडौं मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रञ्जित कार्की छन् ।

गेष्ट हाउसमा युरेनियम जस्तो देखिने टल्किने पदार्थको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उक्त पदार्थ प्रति किलो २ करोडका दरले किनबेच हुन लागेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : ४७ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन