रक्तचन्दनको तेल तस्करको आरोपमा दुई जना पक्राउ « Khabarhub

रक्तचन्दनको तेल तस्करको आरोपमा दुई जना पक्राउ


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक्तचन्दनको तेल तस्करीको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका-४ घर भई हाल बालाजु बस्दै आएका २७ वर्षीय रामबहादुर खत्री र कास्कीको लेखनाथ-१०घर भई बुढानिलकण्ठ-४ बस्ने ४० वर्षीय गंगाबहादुर पुन छन् ।

प्रतिलिटर ५ लाखका दरले ४४ लिटर रक्तचन्दनको तेल कारोबार हुँदै गरेको अवस्थामा उनीहरूलाई काठमाडौँको बुढानिलकण्ठ-५ पञ्चकुमारी मन्दिर नजिकबाट पक्राउ गरिएको हो ।

रक्तचन्दनको तेल भारतबाट ल्याएर नेपाल ट्रान्जिट बनाएर चीनसम्म पुग्ने गरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ८ : २० बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका