रक्तचन्दनको तेल तस्करको आरोपमा दुई जना पक्राउ « Khabarhub

रक्तचन्दनको तेल तस्करको आरोपमा दुई जना पक्राउ


१६ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक्तचन्दनको तेल तस्करीको आरोपमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका-४ घर भई हाल बालाजु बस्दै आएका २७ वर्षीय रामबहादुर खत्री र कास्कीको लेखनाथ-१०घर भई बुढानिलकण्ठ-४ बस्ने ४० वर्षीय गंगाबहादुर पुन छन् ।

प्रतिलिटर ५ लाखका दरले ४४ लिटर रक्तचन्दनको तेल कारोबार हुँदै गरेको अवस्थामा उनीहरूलाई काठमाडौँको बुढानिलकण्ठ-५ पञ्चकुमारी मन्दिर नजिकबाट पक्राउ गरिएको हो ।

रक्तचन्दनको तेल भारतबाट ल्याएर नेपाल ट्रान्जिट बनाएर चीनसम्म पुग्ने गरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ८ : २० बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन