रोजगारीको नाममा वैशाखमा करोडौंको ठगी, एउटै म्यानपावरका नाममा ८ उजुरी | Khabarhub Khabarhub

रोजगारीको नाममा वैशाखमा करोडौंको ठगी, एउटै म्यानपावरका नाममा ८ उजुरी


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका नाममा वैशाख महिना मात्र ६ करोडभन्दा धेरै आर्थिक ठगीको उजुरी वैदेशिक रोजगार विभागमा दर्ता भएको छ ।

विभागले सार्वजनिक गरेको उजुरी तथा उजुरी फर्छौटको प्रतिवेदनअनुसार वैशाख महिनामा मात्र ६ करोड भन्दा धेरै रकम ठगी भएको उजुरी दर्ता भएको हो ।

चैत मसान्तसम्म ४४ करोड रुपैयाँभन्दा केही बढी रकमको वैदेशिक रोजगार ठगीको उजुरी परेकोमा वैशाख मसान्तमा आउँदा उक्त विगो ५० करोड नाघेको विभागको प्रतिवदेनमा उल्लेख छ ।

वैशाख महिनामा ५९ वटा म्यानपावर कम्पनी विरुद्ध ७७ वटा उजुरी दर्ता भएका छन् । त्यसमध्ये सबै भन्दाबढी इजाजतपत्र नं १०३८/०७३/०७४ को ईगल हण्टर ओभरसीज प्रालिविरुद्ध ८ वटा उजुरी दर्ता भएका छन् ।

उजुरी पर्नेमा पुराना भन्दा नयाँ भनिने इजाजतपत्र नं १०३८ पछिका म्यानपावर कम्पनी देखिएका छन् । धरै उजुरी कतार, पोर्चुगल, त्यसपछि क्रमश पोल्याण्ड, माल्टा र क्यानडामा कामदारलाई पठाउने भनेर ठगी गर्नेगरेको विभागको भनाइ छ । वैशाख महिनामा विभागले कुनैपनि म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्दा दायर गरेको छैन ।

वैशाख मसान्तसम्म म्यानपावर कम्पनीविरुद्ध १ हजार २२ र व्यक्तिगत ठगीतर्फ ६ सय ७० उजुरी परेका छन् । संस्थागततर्फ हालसम्म २२ करोड ४९ लाख २९ हजार बीगो दाबी गरिएकोमा ८ करोड ३६ लाख फर्छौट भएको छ भने व्यक्तिगततर्फ ६ सय ५७ उजुरीमा ४३ करोड बराबर बीगो दाबी रहेकोमा ४ करोड ३० लाख ४५ हजार मात्र रुपैयाँ फर्छौट भएको छ ।

वैशाख महिनामा संस्थागत तर्फ ९१ र व्यक्तिगत तर्फ ६८ गरी १ सय ५९ वटा उजुरीमा ६ करोड बराबर रुपैयाँ बीगो दाबी गरिएको छ । संस्थागत तर्फका २३ वटा उजुरीमा १४ लाख ५२ हजार बीगो दाबी गरिएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ११ : २८ बजे

बिरामीको उपचारमा संलग्न चिकित्सकले आफ्नो विवरण खुलाउनु पर्ने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिरामीहरूको उपचारमा संलग्न सबै सरकारी

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : प्रचण्ड

कञ्चनपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना

प्रि ओपन सेसन : झिनो अङ्कले घट्याे नेप्से

काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज– वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको