हलेसी तुवाचुङ नगरमा शुक्रबार सार्वजनिक बिदा « Khabarhub

हलेसी तुवाचुङ नगरमा शुक्रबार सार्वजनिक बिदा


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- बालाचतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

बालाचतुर्दशीको अवसरमा शुक्रबार त्रि-धार्मिकस्थल हलेसीमा लाग्ने मेलालाई लक्ष्यीत गर्दै नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बालाचतुर्दशी मेलाको अगाडि र पछाडि गरी हप्ता दिनसम्म लाग्ने हलेसीमा नगरपालिकाका अधिकांश स्थानीय दर्शन गर्न जाने भएकाले बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रबिकिरण आचार्यले जानकारी दिएका छन् ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारूपमा रहेको हलेसीमा लाग्ने मेलाई बृहत् बनाउनका लागि नगरपालिकाले प्रत्येक मेलाको अवसरमा सार्वजनिक बिदा दिँदैआएको छ ।

बालाचतुर्दर्शीको अवसरमा बिहीबारदेखि हलेसीमा ठूलो मेला सुरु भएको छ । बालाचतुर्दर्शीका दिन हलेसीमा आफ्ना दिवंगत आफन्तको सम्झनामा सतविज छर्नका लागि दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको छ ।

मेला भर्न तथा दर्शन गर्नका लागि हलेसीमा जिल्लाभित्र तथा बाहिरका हजारौं दशानार्थीको घुईंचो लाग्न थालेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कोभिड–१९ को महामारीपछि हलेसीमा हलेसीमा दुई वर्षपछि मेला लाग्ने भएको हो । कोभिड सुरु भए यता हलेसीमा कुनै पनि मेला लाग्न सकेको थिएन ।

मध्यपहाडी लोकमार्गले छोएको हलेसीमा नेपालको सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलाम, भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बत लगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ९ : ३५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी