क्याटरीना र विक्कीको बिहे: कडा सुरक्षाबीच क्याटरीनाको बिहेको भिडियो भाइरल « Khabarhub

क्याटरीना र विक्कीको बिहे: कडा सुरक्षाबीच क्याटरीनाको बिहेको भिडियो भाइरल


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री क्याटरीना कैफ र विक्की कौशलको बिहे यतिबेला बलिउडभर छाएको छ । नेपालमा रहेका उनका फ्यानहरुले पनि यो बिहेलाई चासोका साथ हेरेका छन् ।

यी दुईले भोलि अर्थात् डिसेम्बर ९ मा बिहे गर्दैछन् । यो जोडीको बिहेबारे खबरहरु फैलिरहेका छन् ।

बिहेसँग जोडिएका भिडियो या फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यसैबीच क्याटरीनाको बिहेको तयारीको एक भिडियो सार्वजनिक भएको छ । जुन सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भिडियोमा जया बच्चन र अमिताभ बच्चनलाई पनि देख्न सकिन्छ ।

भिडियोमा क्याटरीना कुनै अप्सराभन्दा कम देखिएकी छैनिन् । उनले गुलाबी रंगको लेहेंगा लगाएकी छिन् । साथै उनी श्रृङ्गारमा पनि सजिएकी छिन् । भिडियोमा उनी दुलाहाको हात समाउँदै आउँछिन् तर भिडियोमा जो दुलाहा देखिएका छन् उनी विक्की होइनन् भनेर पनि कतिले आँकलन गरेका छन् ।

सामाजिक सञ्जालमा दर्शकले भनिरहेका छन् कि, यो भिडियो बिहेको भिडियो होइन । यो कुनै शूटिङको भिडियो हो ।

कतिले भने यसलाई एक विज्ञापनको भिडियो पनि भएको भनिरहेका छन् । यद्यपि सामाजिक सञ्जालमा क्याटरिनाको यो भिडियो सामाजिक सञ्जालमा भने खुबै रुचाइएको छ ।

 

View this post on Instagram

 

A post shared by B O L L Y W O O D (@filmystan123)

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : ३६ बजे

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो