वैद्य निकट पत्रकारको राष्ट्रिय भेला नवलपरासीमा हुने | Khabarhub Khabarhub

वैद्य निकट पत्रकारको राष्ट्रिय भेला नवलपरासीमा हुने


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेकपा (क्रान्तिकारी माओवादी) निकट पत्रकारको विशेष राष्ट्रिय भेला आगामी पुस ४ गते नवलपरासीमा हुने भएको छ ।

राष्ट्रिय सम्मेलनको तयारीको रुपमा आगमी पुस ४ गते पश्चिम नवलपरासीको बर्दघाटमा ‘बिशेष राष्ट्रिय भेला’ गर्न लागिएको क्रान्तिकारी पत्रकार महासंघका लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेयले जानकारी दिए ।

फागुनमा हुने हुने राष्ट्रिय सम्मेलनलाई ध्यान दिएर राष्ट्रिय भेला आयोजना गरिएको क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले बताए ।

भेलामा ५५ जिल्लाका १ सय ५० जना प्रतिनिधि तथा पर्यबेक्षक सहभागी हुनेछन् । भेलाको उदघाटन क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य गर्ने पनि श्रेष्ठले जानकारी दिए ।

यस्तै, क्रान्तिकारी पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको शनिवार बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले नेपालमा विदेशी लगानीका सञ्चार माध्यममाथि प्रतिबन्ध लगाउन माग गरेको छ ।

बैठकपछि महासंघ प्रदेश संयोजक पाण्डेयले विज्ञप्ति जारी गर्दै मिडियामा बढ्दो बैदेशिक र अपारदर्शी लगानीले नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि नै खतरा उत्पन्न गर्ने ठहर गर्दै त्यसको विरोधमा सशक्त आवाज उठाउने निर्णय गरेको जनाएका छन् ।

शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेकपा )क्रान्तिकारी माओबादी) पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज प्रेम सुवेदीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा पत्रकारहरुको कलम चल्नुपर्ने बताए । उनले बैदेशिक हस्तक्षेप बृद्धि भएको बर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनताको पक्षमा पत्रकारहरुको मिसन हुनुपर्नेमा जोड दिए ।

महासंघका प्रदेश संयोजक रवि पाण्डेको अध्यक्षता, संगठनका महासचिव रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, क्रान्तिकारी माओवादीका पोलिटब्यु्रो सदस्य प्रेम सुबेदीको बिशेष आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन महासंघका केन्द्रीय सदस्य दामोदर खनालले गरेका थिए ।

त्यस्तै, प्रदेश सचिवालयको विस्तारित बैठकले प्रदेशका १२ वटै जिल्लामा भेला तथा प्रतिनिधि पर्यबेक्षक छनोटलाई तीब्रता दिनेलगायतका निर्णय समेत गरेको खनालले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १० : २० बजे

बाँकेबाट चार महिनामा ७० सर्पको उद्धार

नेपालगञ्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को चार महिनाको अवधिमा ७०

पाकिस्तानको एक अदालतमा विस्फोट, १२ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको राजधानी इस्लामावादको जिल्ला अदालत बाहिर मंगलबार भएको आत्मघाती

निर्वाचन आयोगमा दर्ता हुँदै ऋषि धमला संरक्षक रहेको जनादेश पार्टी (तस्बिरहरू)

काठमाडौं– अधिवक्ता रमण कुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल गठन

ललितपुर र भक्तपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

काठमाडौं– सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि ललितपुर र

चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा कम्पनी खोलेर ८ वर्षसम्म करोडौँको कारोबार

काठमाडौं– उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले