आज २०७८ मंसिर १९ गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ मंसिर १९ गते आइतबारको राशिफल


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ मंसिर १९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोवारमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुन सक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्तसंग भेट घाट पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

विद्या र नयाँ ज्ञान बढ्नेछ । आकस्मिक धन लाभ हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ३० बजे

तेहरान दक्षिणी आवासीय क्षेत्रमा हवाई आक्रमण, कम्तीमा १३ जनाको मृत्यु

तेहरान– इस्लामशहरमा सोमबार बिहान भएको हवाई आक्रमणमा कम्तीमा १३ व्यक्तिको

काठमाडौँका सडकमा ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक

ब्रोकरहरूसँग अर्थमन्त्रीले भने- नेपाललाई ग्रे लिस्टबाट बाहिर ल्याउन छ, सुशासनको काम गर्छु

काठमाडौं– अर्थमन्त्री स्वर्णिम वाग्लेले देशलाई ग्रे लिस्टबाट बाहिर ल्याउनको लागि

स्वास्थ्य मन्त्रालयद्वारा चार बुँदे कार्यादेशसहित उच्चस्तरीय समिति गठन 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि

चितवन– दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको