पूर्वसुरक्षाकर्मीमाथिको हत्या रोक्न तालिवानलाई २२ देशको आग्रह « Khabarhub

पूर्वसुरक्षाकर्मीमाथिको हत्या रोक्न तालिवानलाई २२ देशको आग्रह


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका र उसका गठबन्धन देशहरुले अफगानिस्तानमा पूर्व सुरक्षाकर्मीहरुमाथि भइरहेका आक्रमण तत्काल रोक्न माग गरेका छन् ।

अमेरिकासहित २२ देशहरुले एक विज्ञप्ति जारी गर्दै पूर्व सरकारका सुरक्षाकर्मीहरुलाई हमला नगर्न र मुस्लिम शासन सम्मान गर्न माग गरेका हुन् । ‘तालिवानले ठूलो संख्यामा पूर्वसुरक्षाकर्मी र सरकारी कर्मचारीको हत्या गरेको विवरणप्रति हामी गम्भीर चासो व्यक्त गर्दछौ‌,’ विज्ञप्तिमा भनिएको छ ।

तालिवानले पूर्वसुरक्षाकर्मी र कर्मचारीहरुको हत्या गरेको विवरण सार्वजनिक भइरहेका बेला पश्चिमेली देशहरुले चासो जनाएका हुन् । यसै साता मानवअधिकारवादी समूह ह्युमन राइट वाचले एक प्रतिवेदन सार्वजनिक गर्दै तालिवानले १०० सुरक्षाकर्मीको हत्या गरेको जनाएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ४७ बजे

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको