कांग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सकियो « Khabarhub

कांग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सकियो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए । ‘सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन क्षेत्र नं ४ मा आज निर्वाचन हुँदैछ’, उनले भने । महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको तर निर्वाचनको नतिजाका क्रममा केही विवाद रहेकाले त्यहाँको निर्णय गर्न बाँकी रहेको उनको भनाइ थियो ।

कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको उनले बताए । प्रदेश नं २ बाहेक सबै प्रदेशको अधिवेशन प्रारम्भ भइसकेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पदाधिकारीको नतिजा आइसकेको छ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत नकटाएकाले पुनः मतदान हुने निर्वाचन संयोजक घिमिरेले बताए ।

कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ११ : ११ बजे

दोहोरो अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बने प्रियांक

काठमाडौं – नेपाल प्रिमियर लिगमा दाहोरो अर्धशतक हान्ने तेस्रो खेलाडी

कर्णालीको दोस्रो विकेट लिन विराटनगर लामो संघर्षमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

‘मिसन २०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण सामग्री हस्तान्तरण

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जापानमा आयोजना हुन लागेको

सङ्घ र प्रदेश सरकारबीचको सहकार्य थप मजबुत बनाइने

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई थप मजबुत

सुदूरपश्चिम प्रदेश सुरक्षा संयन्त्रको बैठक सम्पन्न

कैलाली– यही मङ्सिर १६ गते धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने