सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि उकालो « Khabarhub

सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि उकालो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकोमा आइतबार ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ८७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ०१ बजे

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १

सबै समुदायको समन्वयले मात्र राष्ट्रिय एकता सम्भव : प्रदेश प्रमुख खापुङ

काठमाडौं– कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सबै जातजाति र

चुनावमा दलित किन फेरि किनारामा ?

काठमाडौं– नेपालको कूल जनसङ्ख्यामा दलित समुदायको हिस्सा करिब १३ प्रतिशत