फ्रड स्मिथ सफलता « Khabarhub

फ्रड स्मिथ सफलता


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फेडल एक्सप्रेसका संस्थापक फ्रेड स्मिथले ‘ओवरनाइट प्याकेट डेलिभरी’ सुरु गरे जसले संसारभरिका कम्पनी र अफिसको काम सजिलो बनाइदियो ।

स्मिथको सफलताको कहानी एकदमै प्रेरणादायक छ । जन्मजातै उनको हड्डी विकृत थियो । यसकारण उनले बाल्यकालमा वैशाखीको सहारा लिएर हिँड्नुपर्‍यो । उनी चार वर्षको हुँदा उनका पिताको मृत्यु भयो । फेडरल एक्सप्रेस सुरु गर्दा फ्रेडले आफ्नो सम्पूर्ण पुँजी दाउमा लगाए । यो एकदमै ठुलो जोखिम थियो । पाँच वर्षसम्म उनको कम्पनी टाट पल्टिने अवस्थामा गुज्रियो । एकपटक त उनीसँग कर्मचारीहरुलाई तलब दिने पैसा पनि थिएन । यस्तो आपत्मा परेका फ्रेड लसभेगस गए र आफ्नो सारा पैसा जुवाको दाउमा लगाएर ३६ हजार जितेर ल्याए ताकि कर्मचारीहरुलाई तलब दिन सकियोस् ।

१९७० को दशकका ती काला दिनहरुमा फ्रेडले आफ्ना कर्मचारीहरुसँग कम्पनीले उनीहरुलाई तलब दिने स्थितिमा नभए पनि कम्पनी नछाड्न आग्रह गरे । केही कर्मचारीहरु त फ्रेड प्रति यति निष्ठावान् थिए कि उनीहरुले कम्पनीलाई उकास्न आफ्ना घडि र गहना पनि बेचे । एक जीवनी लेखकले भनेका छन् ‘फेडरल एक्सप्रेस एक चमत्कार हो । यो २० औँ शताब्दीको महान् व्यावसायिक गाथा हो ।’

फ्रेडले अरुले नदेखेको अवसरलाई देखे । बिजनेसको क्षेत्रमा द्रुत गतिमा चिठी पत्र र पार्सल पुर्‍याउने माध्यमको आवश्यकता भएको अनि यसमा नै व्यावसायिक सम्भावना भएको कुरा फ्रेडले पत्ता लगाए किनभने यो हरेकको आवश्यकता थियो । अमेरिकी हुलाक विभागले यो अवसर देख्न सकेन किनकि योसँग त्यति दूर दृष्टि थिएन । अहिले फेडरल एक्सप्रेसको १० अरबभन्दा बढीको व्यापार छ । फ्रेड स्मिथले जोखिम लिने साहस गर्नाले नै यो सब सम्भव भयो ।

साभार : ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ३९ बजे

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड

सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन

कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर- कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र