नेपालका लागि पूर्व अमेरिकी राजदूत टेप्लिज सहायक विदेशमन्त्रीमा नियुक्त « Khabarhub

नेपालका लागि पूर्व अमेरिकी राजदूत टेप्लिज सहायक विदेशमन्त्रीमा नियुक्त


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिज अमेरिकाको सहायक विदेशमन्त्री बनेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले टेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री नियुक्त गरेका छन् ।

उनी सन् २०१५ देखि सन् २०१८ सम्म नेपालमा राजदूतको रुपमा कार्यरत थिइन् ।

टेप्लिज हालै श्रीलंकाको राजदूतका भएर अमेरिका फर्किएकी थिइन् । उनले सन् २०१८ देखि मालदिभ्सका लागि राजदूतका रुपमा समेत काम गरेकी थिइन्।सन् २०११ देखि सन् २०१२ सम्म काबुलमा समेत उनले काम गरेकी थिइन्। उनले बंगलादेश, बेल्जियम र अष्ट्रेलियामा समेत अमेरिकी कूटनीतिज्ञका रुपमा काम गरिसकेकी छन् ।

उनले सन् १९९१ मा अमेरिकी विदेश मन्त्रालयमा सेवा सुरु गरेकी हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : २२ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै