शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर युवकको मृत्यु « Khabarhub

शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर युवकको मृत्यु


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए । पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : ५० बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ परेका छन्

जिल्ला प्रशासन जुम्लाका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका दुई अधिकृतस्तरका कर्मचारी

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री

ब्वाँसो भागेपछि विद्यालय बन्द

सोल- दक्षिण कोरियामा चिडियाखानाबाट भागेको ब्वाँसो अझै नियन्त्रणबाहिर रहेपछि सुरक्षा

रुबीकुमारी भन्छिन् : मलाई यति माथिसम्म पुर्‍याइदिनु भयो, हर्क साम्पाङलाई भगवान् नै मान्छु

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुईजना महिला सांसदको उम्मेदवारी दर्ता