कोरोना महामारीपछि रिसाहा बने विद्यार्थी « Khabarhub

कोरोना महामारीपछि रिसाहा बने विद्यार्थी


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महामारीका कारण बन्द भएका विद्यालय पुन सञ्चालनमा आएको करिब १ महिना भयो । देशभरका प्राय सबै विद्यालयहरूले दशैँतिहारपछि भौतिक रूपमा कक्षा सञ्चालन गरेका छन् ।

विद्यालय खुलेसँगै अधिकांश विद्यार्थीहरू खुसी भएका छन् भने केही विद्यार्थीहरूमा मनोवैज्ञानिक समस्या देखिएको शिक्षकहरू बताउन थालेका छन् ।

अहिले विद्यार्थीहरूमा रिसाउने, पढ्न नमान्ने, शिक्षकले दिएको गृहकार्य नगर्ने, अटेरी गर्ने, राम्रोसँग नखुल्ने जस्ता विभिन्न समस्या देखिएको पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद गौतमले बताए ।

उनका अनुसार कोभिड–१९ सुरु हुनुभन्दा पहिला धरै विद्यार्थीमा यस्तो समस्या थिएन।  उनले भने,‘नियमित विद्यालय सञ्चालन हुँदा राम्रा मानिएका विद्यार्थीहरूमा पनि अहिले झर्किने, अटेरी गर्ने लगायतका क्रियाकलापहरू गर्ने गरेको पाइएको छ ।’

लामो समय घरमा एक्लै बस्दा यस्तो समस्या आएको हुनसक्ने उनको अनुमान छ । उनका अनुसार तल्लो कक्षाका विद्यार्थीहरुभन्दा मावि तहका विद्यार्थीहरूमा यस्तो समस्या बढी देखिएको छ ।

उनले भने,‘ साना विद्यार्थीहरू विद्यालय आउन पाउँदा खुसी छन् तर कक्षा ८ भन्दा माथिका केही विद्यार्थीहरुको बानी भने केही फरक पाएका छौँ ।’ त्यस्तै त्रिपुरेश्वर स्थित विश्वनिकेतन माध्यमिक विद्यालय प्रधानाध्यापक हेरम्बराज कँडेलले पनि विद्यार्थीहरूमा झर्कने बानी बढेको पाइएको बताए । उनले भने,‘ विद्यार्थीहरूमा पढ्न नचाहने, झर्कने लगायतका समस्याहरू देखिएका छन् ।’

कमलपोखरी स्थित कमल आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्काले पनि विद्यार्थीहरूमा यस्तो समस्या देखिएको बताए । उनका अनुसार विद्यार्थीको शैक्षिक स्तर पनि खस्किएको छ । विद्यार्थीहरूमा पढ्ने बानीमा परिवर्तन आएको छ ।

कालिामाटि बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले विद्यार्थीहरू रिसाउने झर्कने गरेको नपाए पनि विद्यार्थीहरुको शैक्षिक स्तर भने निकै खस्किएको बताए ।

उनका अनुसार कोरोना महामारी भन्दा पहिले राम्रो मानिएका विद्यार्थीहरुको पढाइ अहिले बिग्रिएको छ ।

उनले भने,‘ पहिले कक्षा ८ पास गरेर कक्षा ९ मा पढ्ने विद्यार्थी र कोरोनाको समयमा ८ कक्षा पास गरेर ९ मा पढ्न आउने विद्यार्थीहरुको शैक्षिक अवस्था निकै फरक भएको पाएका छौँ ।’

कोरोनाको नयाँ भेरियन्ट देखिएको हल्लाले विद्यार्थीहरूमा पुन विद्यालय बन्द हुन्छ कि भन्ने चिन्ता भने बढ्न थालेको उनले बताए ।

लामो लकडाउन, कोरोना महामारी र त्रासका कारण केही बालबालिकाहरुमा पढ्न नमान्ने, एक्लै बस्ने, जिद्दी गर्ने, रिसाउने, निद्रा र  खानपानमा समेत समस्या देखिएको मनोविद् गोपाल ढकालले बताए ।

लकडाउन भएर घरमा बस्दा बालबालिकाहरुले अधिकांश समय मोलाइलमा बिताएका कारण उनीहरूको स्वभावमा पनि परिवर्तन आएको हुनसक्ने उनको बुझाई छ ।

मानोविद् ढकालका अनुसार बालबालिकाको मानसिक तथा मनोविज्ञानमा समस्या देखिँदा उनीहरूको व्यवहारमासमेत समस्या देखिन्छ । उनले भने,‘ केही विद्यालयमा गएर मनोपरामर्श तालिम दिँदा पहिला राम्रो पढ्ने विद्यार्थी अहिले मोबाइल मात्रै चलाउने, टिकटक, फेसबुकमा बढी समय दिने गरेको गुनासो शिक्षकबाट मैले पनि पाएको छु ।’

विद्यालयमा मनोपरामर्श तालिम दिँदा अधिकांश विद्यालयका शिक्षकहरुले विद्यार्थीहरू पढ्न मन नगर्ने, होमवर्क पुरा नगर्ने, बढी रिसाउने जस्ता समस्या भएको सुनाएको उनले बताए ।

पढाइमा ध्यान केन्द्रीत गर्न नसक्ने, एकोहोरिने र अरूसँग धेरै घुमिल नहुने बालबालिकाहरुलाई अभिभावक र शिक्षकहरुले धेरै प्रेसर मनोविद् ढकालको सुझाब छ ।

लामो समयपछि विद्यालय गएर पढ्दा केही विद्यार्थीहरुलाई गाह्रो हुने भएकाले विद्यार्थीहरूमा धेरै प्रेसर दिन नहुने उनले बताए । कोरोना महामारीका कारण विगतका २ वर्षदेखि विद्यार्थीहरूले अधिकांश समय घरमै बिताएका छन् ।

सरकारले विद्यालय सञ्चालनमा रोक लगाएपछि प्रविधिमा पहुँच भएका विद्यार्थीहरूले घरमै बसेर अनलाइन कक्षामार्फत अध्ययन गरे भने प्रविधिको पहुँच बाहिर रहेका अधिकांश विद्यार्थीहरू पढ्न पाएनन् ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १० : २३ बजे

पोर्चुगलको टोली घोषणा : छैटौं पटक विश्वकपको मैदानमा उत्रिँदै ४१ वर्षीय रोनाल्डो

लिस्बन- प्रशिक्षक रोबर्टो मार्टिनेजले आगामी महिना हुन लागेको विश्वकप फुटबलका

महोत्तरी कारागारका दुई सय ५० कैदीबन्दी अझै फरार

जलेश्वर–  ‘जेन-जी’ आन्दोलनको मौका छोपी २०८२ साल भदौ २४ गते

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिक : नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौं– नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री रूपान्तरणलाई

विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति

काठमाडौं– पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १९ जनाको आवेदन

महेन्द्रनगर– खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति हुने भएपछि कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको