पत्थरी भएमा के गर्ने ? | Khabarhub Khabarhub

पत्थरी भएमा के गर्ने ?


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पत्थरी भएमा पेट दुख्ने, फुल्ने, वायु बढ्नेजस्ता लक्षणहरू देखा पर्दछन् । पित्त थैलीमा पत्थरी भएमा ग्यास्ट्रिकमा जस्तै पत्थर पित्त नलीमा अड्किएमा कमलपित्त (जन्डिस) लाग्ने सम्भावना हुन्छ । कहिलेकाहीँ त्यसको प्रभाव कलेजोमा पनि पर्न सक्छ । मिर्गौलामा पत्थर जमेमा पिसाब फेर्न गाह्रो हुन्छ । साथै ढाड, कम्मर र पेट पनि दुख्छ ।

खान र गर्न नहुने कुराहरू :

पत्थरीका रोगीहरूले चिल्लो, पिरो, अमिलो, बढी गरम मसला भएका खानेकुराहरुका साथै जाँड, रक्सी, चुरोट, खैनी खानु हुँदैन । र, चिया र कफी पनि धेरै पिउन हुँदैन ।

खान र गर्न हुने कुराहरू :

प्रशस्त पानी पिउने, चिल्लो मसलारहित सादा खानेकुरा, फलफूल र रसादार खानेकुरा मात्र खाने । फलफूलमा स्याउ, सुन्तला, उसिनेको रस खाने, गहतको गेडा वा दाललाई फलामको कराहीमा घण्टौँ पकाएर २-३ गिलास रस नियमित खाने । भिजाएको गहत २५-३० दाना जति खाली पेटमा काँचै चपाएर खाँदा पनि यसले राम्रो फाइदा गर्छ । साथै खानपानमा विशेष ध्यान दिई चिकित्सकसँग सल्लाह लिँदै स्वास्थ्य उपचार पनि गर्दै जानुपर्छ ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ५१ बजे

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको

पोल्यान्डको सीमा नीति असन्तुलित : रूस

मस्को- रूसले पोल्यान्डलाई बेलारुससँगको सीमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न

गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना

पाँच दिनदेखि शवको पखाईमा परिवार

राँझा– जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी