पत्थरी भएमा के गर्ने ? « Khabarhub

पत्थरी भएमा के गर्ने ?


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पत्थरी भएमा पेट दुख्ने, फुल्ने, वायु बढ्नेजस्ता लक्षणहरू देखा पर्दछन् । पित्त थैलीमा पत्थरी भएमा ग्यास्ट्रिकमा जस्तै पत्थर पित्त नलीमा अड्किएमा कमलपित्त (जन्डिस) लाग्ने सम्भावना हुन्छ । कहिलेकाहीँ त्यसको प्रभाव कलेजोमा पनि पर्न सक्छ । मिर्गौलामा पत्थर जमेमा पिसाब फेर्न गाह्रो हुन्छ । साथै ढाड, कम्मर र पेट पनि दुख्छ ।

खान र गर्न नहुने कुराहरू :

पत्थरीका रोगीहरूले चिल्लो, पिरो, अमिलो, बढी गरम मसला भएका खानेकुराहरुका साथै जाँड, रक्सी, चुरोट, खैनी खानु हुँदैन । र, चिया र कफी पनि धेरै पिउन हुँदैन ।

खान र गर्न हुने कुराहरू :

प्रशस्त पानी पिउने, चिल्लो मसलारहित सादा खानेकुरा, फलफूल र रसादार खानेकुरा मात्र खाने । फलफूलमा स्याउ, सुन्तला, उसिनेको रस खाने, गहतको गेडा वा दाललाई फलामको कराहीमा घण्टौँ पकाएर २-३ गिलास रस नियमित खाने । भिजाएको गहत २५-३० दाना जति खाली पेटमा काँचै चपाएर खाँदा पनि यसले राम्रो फाइदा गर्छ । साथै खानपानमा विशेष ध्यान दिई चिकित्सकसँग सल्लाह लिँदै स्वास्थ्य उपचार पनि गर्दै जानुपर्छ ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ६ : ५१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्